नमुना आमा समुह बैदामको साधारण सभा

 पोखरा, भदौ २५ । नमुना आमा समुह पोखरा महानगर पालिका वडा नं –६ बैदामको १४ औ बार्षिक साधारण सभा सोमबार सम्मपन्न भएको छ । संस्थाको सम्पन्न साभारण सभामा जुना अधिकारीले रचना गरेको “बुहारीको बेदना” नामक म्युजिक भिडियो छायाङकन गरिएको थियो । अनुप अधिकारी द्धारा निर्देशन गरीएको भिडियोमा एरेन्जर बिनोद रसाइली र स्वर अध्यक्ष जुना अधिकारीको रहेका छ ।

संस्थाको साधारणको उद्घाटन गर्दै प्रमुख अतिथि एवंम पर्यटन ब्यवसायी तथा सल्लहकार नर्मला कडेलले वडा न– ६ रहेको १० वटा आमा समुह मध्य नमुना आमा समुह अरु भन्दा पृथक रहेको बताउनु भयो । संस्थाले समाज रहेका विकृति विसंगतिलाई न्युनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरेको र आफ्नो क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न सामाजिक कार्य गरेको उलेख्य गरिन ।

 

सल्लाहकार गोमा ढकालले बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएकोले वडा नं–६ लाई नेपालकै महत्वपूर्ण वडा बनाउने तर्फ आमाहरु एक भएर लाग्न आग्रह गरिन । महिलाहरुले आफुलाई चुला चौका मात्र सिमित राख्न नहुनेमा जोड दिदै आर्थिक आर्जनका बाटोहरु रोज्न आग्रह गरिन ।

 

संस्थाका सल्लाहकार लिलाधर अधिकारीले समाज नमुना आमा समुहले पुराएको योगदानको चर्चा गर्दै स्थानिय स्तरमा आमा समुह बिना कुनै पनि कार्यक्रम सम्पन्न नहुने ठोकुवा गरे । पत्रकार तथा सल्लाहाकार गणेश पहारीले समुहले आफना सदस्यहरुको क्षमता अभिवृद्धि देखी आर्थिक स्तरमा वृद्धि हुने खालका कार्यक्रम ल्याउन समुहलाई सुझाब दिदै संचार क्षेत्र सधै समुहको साथमा रहेको बताए ।

 

अध्यक्ष जुना अधिकारीले समुहले आफ्नो क्षेत्र भित्र फोहोर मैला ब्यवस्थापन देखी कोभिड र डेङ्ग रोगको बारेका जनचेतना सहित प्रचा पम्पिलेट सहित घरदैलो गरेको स्मरण गर्दै, सदस्यहरुको क्षमता विकास गर्ने उद्ददेश्यले तालिम र अभिमुखीकरण कार्यक्रम गरेको जानकारी गराएकी थिइन । अगामि दिनहरुमा पनि सदस्यहरुको आर्थिक स्तर सुर्धान स्थानिय सरकार सगँ समन्वय गरि अगाडि बढने प्रतिबद्धता ब्यक्त गरीन ।

 

कार्यक्रममा समुहलाई सहयोग गर्ने नर्मला कडेल, रेखा लामिछाने र दुर्गा पौडेललाई प्रमाण पत्र सहित दोसल्लाले सम्मान गरिएको थियो । अध्यक्ष जुना अधिकारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सकुन्तला अधिकारीले स्वागत मनतब्य राखेको कार्यक्रममा निर्वमान अध्यक्ष अम्बिका अधिकारी, सदस्य पबित्रा कडेल र सुजता लामिछाने लगाएतका बक्ताहरुले आफ्ना भनाई राखेका थिए । कार्यक्रममा सचिब अम्बिका पहारीले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष हिरा तिमिल्सीना ले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्र्मत पारित गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...