तीजको दर आश्रमलाई सहयोग 

पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको महिला उपसमितिद्धारा नारिहरुको महान चाड हरितालिका तीजको अवसर पारेर पोखरा–२५ हेम्जा स्थित मानव सेवा आश्रममा रु १५,०००। बराबरको खाद्यन्न (दाल, चामल, नुन, तेल, चाउचाउ) सहयोग हस्तान्तरण गरेका छन् ।

पोखरा फोटोग्राफर संघ महिला उपसमितिले बर्षेनी केही रकम जोहो गरेर बिभिन्न असाहाय गरिव तथा असक्तहरुको लागी तीजको अवसर पारेर सहयोग गर्दै आएको कुरा महिला उपसमिति संयोजक रिता पौडेलले बताईन । सहयोग हस्तान्तरण संगै पोखरा फोटोग्राफर संघ अध्यक्ष रामचन्द्र पोख्रेल, संरक्षक गणेश छविले तीजको शुभकामना ब्यक्त गरेका थिए भने मानव सेवा आश्रम हेमजा कार्यलय सचिव सन्जु मोक्तानले सहयोगप् मनहरुलाई धन्यवाद ब्यक्त गरेकी थिईन ।

पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको महिला उपसमिति संयोजक रिता पौडेलको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा पोखरा फोटोग्राफर संघ अध्यक्ष रामचन्द्र पोख्रेल,संरक्षक गणेश छवि, उपसमिति पूर्व संयोजक तिर्थ श्रेष्ठ ,सान्त्वना पौडेल,ईन्दिरा शर्मा ,गोमा आचार्य,मिरु लम्साल,देवु जलारी, बविता पौडेल,नन्दकला पौडेल,अग्नि तिमिल्सिना को उपस्थिति रहेको थियो ।  कार्यक्रम सञ्चालन पोखरा फोटोग्राफर संघ, पोखरा नेपालका सचिव देवानन्द पोख्रेलले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...