सहारा खेलकुद पत्रकारीता पुरस्कारबाट पत्रकार पुन पुरस्कृत

पाेखरा, भदौ ३० गते ।सहारा खेलकुद पत्रकारीता पुरस्कार २०७९ बाट पाेखराका कियाशिल फाेटाे पत्रकार उमेश पुन पुरस्कृत भएका छन ।

सहारा क्लब पाेखराकाे रजत महाेत्सव १३ आै  अधिवेशन तथा सम्मान एंव पुरस्कार वितरण कार्यक्रममा पत्रकार पुनलाई पुरस्कृत गरिएकाे हाे ।

 

पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्य, सहारा क्लबका अध्यक्ष हरिराम गुरुङले नगद २५ हजार, सम्मानपत्र र दाेसल्लााले सम्मान गरे । सम्मानित पुन रिपब्लिक मिडिया प्रालिकाे नागरिक दैनिकमा कार्यरत छन ।

 

कार्यक्रममा सहारा क्लबकाे बिकासमा सहयाेग पुर्‍याए बापत   सहारा उत्कृष्ट सदस्यबाट धर्मेन्द्र बराललाई सम्मानित भए । यस्तै सहारा रजत महाेत्सव सम्मानबाट
जयलाल पुन, महेश गुरुङ, गणेश बहादुर भट्टराई, डा. नारायण गाैतम, निरञ्जन राजंवशी, रामकृष्ण ज्ञवाली, प्रेमकुमारी केसी, रामचन्द्र गुरुङ,उमादेवी गुरुङ, स्व: बिलबहादुर तामाङ, उगेन लामा, मुक्षेत्र गुरुङ,सहारा युके, सहारा क्लब हङकङका दिपक गुरुङ र  सहारा अष्ट्रेलियाई सम्मान गरिएकाे थियाे ।

 

कार्यक्रममा बाेल्दै पाेखरा महानगरका मेयर आचार्यले पाेखराकाे खेलकुदकाे विकासमा महत्वपूर्ण भुमिका खेलेकाे बताए । कार्यक्रममा खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बराल, हिमश्री फुड्ससका निर्देशक किरण केसी लगायतले बाेलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...