‘सातौं संस्करणको उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’

असोज २७ गते /हरेक वर्ष हिन्दुहरुको महान चाड वडा दशैंको घटस्थापना भन्दा अघिल्लो शनिबार सञ्चालन हुँदै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को सातौं संस्करण आउँदो असोज २७ गते शनिबार हुने भएको छ ।


उज्ज्वल तारा स्कुल काँडाघारीले आयोजना गर्दै आएको ५ किलोमिटर दुरीको दौडको तयारीबारे उज्ज्वल तारा स्कुलमा शनिबार हालसम्मको तयारीबारे जानकारी दिइयो ।विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा खेलाडी, स्थानीय वडाका जनप्रतिनिधि, प्रहरी अधिकारी, स्थानीय समाजसेवी तथा पत्रकारहरुको सहभागिता थियो ।

दौडका संयोजक एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्कीले दौडको तयारीबारे जानकारी दिँदै गतवर्षमा झैं यो वर्ष पनि विभिन्न ७ वटा उमेर समूहको विधामा प्रतियोगिता आयोजना गरिने बताए ।महासेनानी कार्कीका अनुसार प्रतियोगितामा खुल्लातर्फ १८ वर्षभन्दा माथिका उमेर समूहको महिला र पुरुष गरि दुई विधा, अभिभावकतर्फ पुरुष र महिला गरि दुई विधा, युगल जोडीको एउटा विधा र ५५ वर्ष उमेर माथि समूहको पुरुष र महिला २ विधा गरि ७ वटा विधा रहने छ ।

 

दौडका विजेताहरुलाई विधा अनुसार नगद, ट्रफि, पदक र प्रमाणपत्रको साथै पोखरा र चितवनका तारे होटेलहरुमा एक रात खानेबस्ने सुविधा सहितको उपहार रहेको महासेनानी कार्कीले बताए ।कार्कीका अनुसार दौडमा सहभागी हुन प्रत्येक सहभागीले दर्ता शुल्क वापत ३५० रुपैयाँ तिर्नुपर्ने र त्यसरी संकलन भएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘वाल मुटुरोग अस्पताल’लाई हस्तान्तरण गरिनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...