नेपाली युवा उधमी मञ्च पोखराद्धारा दैबी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण

पोखरा, कार्तिक २१ गते । नेपाली युवा उधमि मञ्च पोखराले प्रधानमन्त्री देबी प्रकोेप उद्धार कोषमा रकम हस्तान्तरण गरेको छ ।

कार्तिक १७ गते शुक्रबार राति गएको भूकम्पद्वारा प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम जिल्ला स्थित तत्काल राहतको लागी गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्राराज पाण्डेलाई २ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । २ लाखको चेक प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो ।

 

नेपाल सरकारद्वारा राहत सहयोगको लागी एकद्वार प्रणाली लागु गरेसंगै मञ्चले प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष निरन केसीले जानकारी दिए ।

 

साथै सरकारद्वारा राहत सहयोगको लागी लागु गरिएको एकद्वार प्रणालिको प्रशंसा गर्दै सरकारले पनि भुकम्प पिडितहरुको लागी तिब्र र तदारुकताका साथ राहत सामाग्री व्यवस्थापन गर्ने अपेक्षा व्यक्त गरेको छ । आगामी दिनहरुमा पनि सरकारसंग हातेमालो गर्न यस संस्था प्रतिबद्ध रहेको बताएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...