मुक्तक मञ्च पोखरको ११६औँ मुक्तक वाचन

आइतवार, पुस ३०, २०७४
211

पोखरा ३० पुस । मुक्तक मञ्च पोखरको ११६औँ मासीक मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । मुक्तकको उत्थान हाम्रो अभियानू भन्ने मुल नाराका साथ मुक्तकमा क्रियाशिल संस्थाको कार्यक्रम पोखरको रिर्डस कर्नरमा भएको थियो ।प्राकृतिक सौन्दर्यका अलावा कला र साहित्यमा पनि धनि पोखरामा मुक्तक मञ्चले हरेक हप्ताको अन्तिम शनिवार नियमित रुपमा मुक्तक वाचन श्रृंखला आयोजना गर्दै आएको छ । पोखरा भन्दा वाहीर रुपन्देहीका श्रष्टा शुसिल सापकोटा र तनहुका श्रष्टा विजय रानाभाटले विषेश गजल ववाचन गरेका थिए । पोखरा आस पासमा साहित्य जगतमा थुप्रै मुक्तककारहरु जन्मिसकेका छन् । यस संस्थाले नयाँ प्रतिभाहरुलाई मुक्तक लेखन सँगै वाचनमा प्रोत्सान गर्दै आइरहको छ ।

कार्यक्रममा किरण ढकाल ,वसन्त पोख्रेल ,शशी अधिकारी,अनिता दाहाल,वसन्त विनोद,कृष्ण देवकोटा,भिम रानाभा,मोहन भण्डारी,यसोदा काफ्ले,आनन्द भट्टराई,अजय अनमोल,अम्बिका भण्डारी,मैयाँ सुवेदी,राज एकान्त प्रेमी,भरत पौडेल,संगीत लामिछाने,दर्शन बाबू आचार्य,निरन्जन लामिछाने,हिक्मत केसि,संयोग भट्टराई,अनिल आचार्य,हिरा आचार्य,प्रदिप सुवेदी,गौरी तमु,छबिलाल आचार्य,बिकास गौतम,मिर्मिसा पराजुली लगायत अन्य तिस जना भन्दा बढिले मुक्तक वाचन गरेका थिए । वरीष्ट रंगकर्मी प्रकाश घिमीरे साहित्यकार नगरकोटी र यज्ञशको पनि उपस्थी रहेको थियो ।

युवापुस्ता देखि प्रौढ सम्मको उपस्थिती रहेको कार्यक्रममा प्रेमिल मुक्तकहरु सुनिएको थियो । अध्यक्ष प्राञ्जले आगामी दिनमा पनि वाहिरी जिल्लाका श्रष्टाहरुको उपस्थीत निरन्तर रहेने वताएका थिए । संस्थाका अध्यक्ष प्रञ्जलले पोखरा भन्दा बाहिरका केही मुक्तककारका मुक्तकसँगै आफ्नो मुक्तक पनि सुनाए । कार्यक्रमको संचालन संस्थाका सचिव राम्जी प्रसाद आचार्यले गरेका थिए ।


यसमा तपाइको मत

शेयर