कविता प्रतियोगितामा न्यौपाने प्रथम

शनिबार, माघ ६, २०७४
56

लेखनाथ ६ माघ । महोत्सव लेखनाथको सस्कृति स्थानीय उत्पादन विकास र संवृद्धी भन्ने मूल नाराका साथ आयोजना गरिएको १४ औ संस्करणको लेखनाथ महोत्सवको पुर्वाद्धमा राखिएको राष्ट्रिय स्तरको कविता प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।
कवि शिरोमणि लेखनाथ पौडेलको सम्मानमा आयोजना भएको प्रतियोगितामा देश भरवाट दर्ता भएका ८५ कविताहरु मध्येबाट निर्णायक मण्डलले उत्कृष्ट २४ वटा कविता छनोट गरी शनिवार वाचन समेत सम्पन्न गरेको हो ।

प्रतियोगितामा आखिर किन ? शीर्षकको दुर्गा न्यौपानेको कविता प्रथम, वाँदरको हातमा नरिवल हुनुहुन्न देश, शीर्षकको इन्द्रराना प्रतीकको कविता द्धितीय, ताली भयो जीन्दगी शीर्षकको छविलाल आचार्यको कविताले तृतीय स्थान हाँसिल गरेका छन् । प्रतियोगितामा कवि नवराज अधिकारी, अमृत घिमिरे, आदर्श शुशिल, सुनिता घिमिरे र रोजीना आचार्य गरी पाँच जना कविका कवितालाई सान्त्वना गरिएको थियो ।

कार्यक्रमको उद्धघाटन गर्दै प्राज्ञ हरिदेवी कोइरालाले माटो र मुटुको प्रतिविम्व साहित्यलाई महोत्सवले समेटेकोमा खुसी व्यक्त गर्दै जीवन र जगतको प्रस्तुती कविताले गर्ने वताइन् । कार्यक्रममा वोल्दै हरेक वर्ष लेखनाथ महोत्सवले नेपाली साहित्यका कवि शिरोमणि लेखनाथ पौड्याललाई सम्झेको वताइन ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एंवम महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णहरी भण्डारीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले स्वागत गरेका थिए भने प्रथम उपाध्यक्ष क्षत्रधर आत्रेय, पोखरा लेखनाथ महानगरपालीकाका कानुनी सल्लाहकार राममणि अधिकारी, पुरस्कार प्रायोजक सुर्यमणि लामिछाने ले शुभकामना मन्तव्य राखेका थिए भने संघका वरिष्ठ उपाध्यक्ष बलराम ढकालले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको संचालन कविता प्रतियोगिताका संयोजक कृष्ण प्रसाद ढुङ्गानाले गरेका थिए । प्रतियोगिताको निर्णायकमा प्राध्यापक डाक्टर रविलाल अधिकारी, साहित्यकार नारायण मरासैनी र डा. जगन्नाथ रेग्मी रहेका थिए । प्रतियोगितामा प्रथम हुनेले रु १५ हजार, द्धितीयले १० हजार,तृतीयले सात हजार र सान्त्वना दुई जनाले तीन ÷तीन हजार पुरस्कार महोत्सवको समापनका दिन पाउने छन् ।यसैगरी शनिवार नै भएको लेखनाथ उद्योग वाणिज्य संघको युवा परिचालन व्यवस्थापन समितिका संयोज शिवप्रसाद भण्डारीको अध्यक्षतामा भएको बैठकले महोत्सव सफल पार्न युवाहरु व्यापक रुपमा परिचालन गर्ने निर्णय समेत गरेको छ ।


यसमा तपाइको मत

शेयर