कास्की आदर्श समाज पोर्तुगलको भेटघाट कार्यक्रम सम्पन्न

शनिबार, माघ २७, २०७४
490

लिस्बोन, पोर्तुगल

कास्की समाज अन्तर्राष्ट्रिय परिषद नेपालका वरिष्ठ उपाध्यक्ष चित्र सुबेदीको प्रमुख आतिथ्यतामा आज फेब्रुअरी ९ तारीख शुक्रवार पोर्तुगलको राजधानी लिस्बोनमा एक अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भयो ।

भेटघाट कार्यक्रममा बिश्वभरि छरिएर रहेका कस्केलीहरुका साझा चासो र एकआपसको मैत्रित्व, सहयोग र सद्भाव अभिबृद्दीका बारेमा छलफल भएको जनाइएको छ । यसैगरी पोर्तुगलमा बसोबास गरिरहेको कस्केलीहरुलाई एकबद्द बनाउने र सहयोग आदानप्रदान गर्नेबारेमा पनि छलफल भएको अन्तर्राष्ट्रिय परिषदका महासचिव गोबिन्द पौडेलले बताएका छन् ।

सो अवसरमा अन्तर्राष्ट्रिय परिषदका संरक्षक तथा पोर्तुगलका लागि नेपाली मानार्थ पर्यटनदुत रमेश गुरुङ, परिषदका महासचिव गोबिन्द पौडेल,परिषदकी महिला उपाध्यक्ष सीता बराल, कोषाध्यक्ष रेमश आचार्य लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता कास्की आदर्श समाज पोर्तुगलका अध्यक्ष यज्ञ तिमिल्सिना गरेका थिए भने संचालन महासचिव नवीन बरालले गरेका थिए ।


यसमा तपाइको मत

शेयर