यसरी पक्राउ परे मनोज पुन समुहको ब्यक्ति भन्दै सांसद र ब्यवसायीसंग फिरौती माग गर्ने, दुई करोड देखि १०करोडको माग

बिहिबार, माघ १८, २०७४
48

पोखरा १८  माघ   । सांसद र ब्यवसायीलाई धम्काएर फिरौती असुली गर्न खोज्ने ४ जनालाई कास्की प्रहरीले विहिबार सार्वजनिक गरेको छ । मुख्य योजनाकार नलबहादुर गुरुङ (शंकर) सहित अन्य तीनजनालाई कास्की प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा स्याङजा टक्सारका शंकर सहित स्याङजा फेदीखोला घर भई पोखराको जरेबर बस्दै आएका अमृत खड्का, पर्वत कुश्मा घर भई पोखरा ६ जरेबरमै बस्ने रामु सुवेदी र स्याङजा फेदीखोलाका शिव कार्की रहेका छन् ।


कास्की क्षेत्र नम्बर २ (ख) का सांसद विन्दुकुमार थापा, ब्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई मोटो रकम माग गर्दै धम्काएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई अपहरण तथा शरिर बन्धक उद्योग मुद्धामा बुधबार नै जिलला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । सांसद थापालाई तिन दिको अल्टिमेटमा दिएर २ करोड रुपैयाँ माग गर्दै उनीहरुले विभिन्न नम्बरबाट धम्क्याएको कास्की प्रहरी प्रमुख अशोक सिंहले बताउनुभयो ।

थापाले ज्यानको सुरक्षा माग गर्दै १ महिना अघि नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । प्रहरीका अनुसार ब्यवसायी कालु गुरुङसंग १० करोड, मनकामना दर्शन प्रालिका संचालक राजेशबाबु श्रेष्ठ, बोधराज गिरीसंग रकम माग गरेका थिए । फिरौती माग बारे चारै जनाले प्रहरीमा उजुरी दिनुभएको छ । मनोज पुनको समुहको ब्यक्ति हुँ भनि धाक, धम्की दिई फिरौती मागेको सुचना प्राप्त भएपछि अनुसन्धान टोलीले अनुसन्धान गरेको बताउदै प्रहरी प्रमुख सिंहले सांसद थापालाई आएको धम्किपूर्ण म्यासेज र नम्वर बारेमा सिआइवी संग सम्वन्वय गरि अनुसन्धान गदै जादा स्याङजामा लोकेसन देखिएको र शिब कार्कीलाई पक्राउ गरि अनुसन्धानको लागी ल्याएपछि सवै कुरा खुलेको हो ।

कार्कीले भेटटाएको सिम अमृत खडकालाई दिएको भन्ने खुलेको र कोठामा खानतलासी गर्दा रामु सुवेदीको र खड्का पोखराको शान्तिबन बाटिकामा गई सो म्यासेज पठाएको खुलेको छ । केही समय समय कोठामा खाना खान अमृत खड्का आउदै छ भन्ने सुचनाको आधारमा अमृतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अमृत र रामु सुवेदी दुवैलाई थप अनुसन्धान गर्दा मुख्य योजनाकार नरबाहुदर रहेको पत्ता लागेको हो प्रहरी प्रमुख सिंहले भन्नुभयो । योजनाकार नरबहादुरलाई पोखरा लेखनाथ वडा नम्वर १५ बाट पक्राउ गरिएको हो । प्रहरीले अनुसन्धानबाट भातरमा गई भारतीय नम्वरबाट मनोज पुनको नाम लिई फोन गर्ने ब्यीक्त मनोज पुन नभई रामु सुवेदी भएको, पोखरा वडा नम्वर ६ जरेवरमा अमृत खड्का नभई शंकर भन्ने नरबहादुरले फ्याट भाडामा लिई अमृत खड्का र राम सुवेदीलाई राखेको खुलेको प्रहरीले जनाएको छ । त्यस्तै नेपालबाट मनोज पुन समुहको ब्यक्ति हुँ भनि धम्काई फिरौती माग्ने ब्यक्ति अमृत खडका रहेको र साथबाट फिरौती माग गर्नको लागी प्रयोग भएको सिम दुई थान सहित मोबाईल बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

त्यस्तै अनुसन्धानका क्रममा शंकर गुरुङको योजनामा आर्थिक प्रलोभनमा परी सम्पूर्ण काम गरेको खड्का र सुवेदीले स्वीकार गरेको प्रहरी प्रमुख सिंहले बताउनुभयो । गुरुङलाई बुझदा आफुले धेरै ब्यक्तिहरुलाई पैशा दिन रहेको र ब्यवहार विग्रे आर्थिक लाभ गर्ने उद्देश्यले यस्तो माम गरेको बताएको प्रहरीले जनाएको छ । छिटो पैशा कमाउने योजना अनुसार सांसद र ब्यवसायीलाई धम्क्याउने र फिरौती माग्ने काम गरेको देखिएको छ, प्रमुख सिंहले भन्नुभयो पैशाको अभाव र छिटो पैशा कमाउन यस्तो काम गरेको तर असफल भएको बताउनुभयोा । फरार मनोज पुनको नाम लिएर उनीहरुले फिरौती मागेका अनुसन्धानको क्रममा खुलेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार देवदह नगरपालिका–६ का मनोज पुन युवा संघ रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष र युवा संघको आडमा पैसा असुली गरेको आरोपमा पार्टीबाट निष्कासनमा परेका ब्यक्ति हुनुहुन्छ । संगठित अपराध, हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा फरार रहनुभएका उहाँ विदेशमै रहेको अनुमान गरिएको र यो घटनामा संलग्न रहे नरहेको बारे भने खुलिनसकेको बताइएको छ । पक्राउ परेका चारै जनालाई अपहरण तथा शरिर बन्धक मुद्धामा म्याद थप गरिएको छ ।


यसमा तपाइको मत

शेयर