हरेक आमाबुवा चाहन्छन, आफ्नो सन्तान राम्रो , सुखी , खुसी अनि स्वस्थ्य होस् ।
उनीहरुलाई सही बाटोमा डोहो¥याउनका लागी पिट्नुहुन्छ भने यो गलत तरिका हो । बच्चालाई सहि बाटोमा डोर्होयाउनका लागि शारीरिक सजाय दिने वा पिट्ने कामले राम्रो नतिजा दिदैन । बरु, यस्तो व्यवहारले बच्चामा डर, अत्माग्लानी, तनाव पैदा गर्छ ।
बच्चाहरु स्वभावैले चञ्चल अनि जिज्ञासु हुन्छन् ।
बच्चाहरु विभिन्न स्वभावका हुन्छन् । कोही शान्त हुन्छन् त कोही बढि चकचक गर्ने । कोही ज्ञानी हून्छन् त कोही रुन्चे । केही बच्चाहरु चाहिँ अत्यधिक रिसाहा र झगडालु हुन्छन् ।
बच्चाको स्वभाव निर्माणमा धेरै कुराले प्रभाव पार्छ । यसमा हार्मोन्सले धेरै काम गर्छ । तर धेरैजसो वरिपरीको माहोलले नै उनीहरुको स्वभावमा सबैभन्दा ठूलो भूमिका खेल्छ ।
यदि तपाईंका बच्चा रिसाहा र झगडालु छन् भने ः
पहिलो गल्तीमा बच्चालाई सम्झाउनु होस्
यदि बच्चाले कुनै गल्ती गर्छ भने त्यो उसले जानेर वा नजानेर गरेको हो ? बुझ्नुहोस् । यदि नजानेर गरेको भए त्यो काम गलत हो भनेर सम्झाउनुहोस् । साथै जानेर गरेको छ भने त्यसको नकारात्मक असर के हुन्छ, त्यो काम किन गर्नु हुँदैनथ्यो भन्ने कुरा महसुष गराउनुहोस् ।


राम्रो काममा प्रोत्साहित गर्नुहोस्
बच्चाको नराम्रो बानी, काम हटाउने एउटा काइदा हो, उसलाई राम्रो कुरामा प्रेरित, प्रोत्साहित गर्ने ।
अरुको अगाडि गाली नगर्ने
३ देखि ४ वर्षका ‘हाइपर एक्टिभ’ बच्चाहरुमा आत्मसम्मानको भावना विकसित हुन थालेको हुन्छ । बच्चाको पनि आत्मसम्मान हुन्छ र त्यसमा ठेस लाग्यो भने उनीहरु दुखित र क्रोधित हुन्छन् । त्यसैले यदि बच्चाहरुलाई उनीहरुको साथी वा आफन्तहरुको अगाडि गाली गर्ने वा पिट्ने नगर्नूहोस् ।
कहिल्यै नपिट्ने
पिटाइ खाएपछि बच्चाले गल्ति दोर्होयाउँदैन भन्ने सोचेर उनीहरुमाथि हात उठाउनुहुन्छ भने उनीहरुमा आक्रोश र घृणाको भावना विकास हुन थाल्छ । त्यसैले बच्चालाई पिटेर तह लगाउन खोज्नुजस्तो मुर्खता अरु केही होइन ।

 यदि तपाईंको बच्चा पनि सामान्यभन्दा बढि रिसाउन थालेको भने उसको हरेक गतिविधिहरुलाई ध्यान दिनुस । आफ्नो बच्चाको स्कुलको शिक्षकलाई भेटेर उसको विषयमा सोधपुछ गर्ने गर्नुहोस् ।
 एकोहोरो पढ्न मात्रै दवाव दिँदा बच्चाहरुमा पढाईप्रति नै वितृष्णा जागृत हुन सक्छ । साथै उनीहरुलाई किताबी ज्ञानको अलावा सामाजिक तथा व्यवहारिक ज्ञान दिनु पनि बाबुआमाको कर्तव्य हो ।
 खेल्न पाएपछि बच्चाहरु फुरुङ्ग हुन्छन् । खुसी हुन्छन् । उनीहरुको शारीरिक तथा मानसिक विकास समेत हुने भएकोले उनीहरुलाई खेल साथै राम्रो काम गर्न तर्फ प्रोत्साहित गर्नुहोस् ।


यसमा तपाइको मत

शेयर