डिजिकम क्यान इन्फोटेकमा नयाँ प्रिन्टीङ प्रबिधि ल्याउदै, कन्चन कम्प्युटर सेवा

बुधबार, माघ २४, २०७४
2082

पोखरा, २४ माघ । पोखरामा आयोजित सूचना तथा प्रविधि मेलाका अवसरमा पोखराको अग्रणी कम्युटर प्रिन्टीङ संस्था कन्चन कम्प्युटर सेवाले डटपेनको कभर, पेनड्राइभ, मोबाइलको कभर, हातको नङ जस्ता सानो चिजहरुमा प्रिन्ट गर्न मिल्ने UV Printing प्रबिधि ल्याउन लागेको कुरा क्यान महासंघ प्रदेश ४ को अध्यक्ष, कास्कीका निबर्तमान अध्यक्ष तथा कन्चन कम्प्युटर सेवाका संचालक चिन्तामणी बास्तोलाले जानकारी दिनुभयो । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्कीले फागुन ४ देखि ८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गरेको डिजिकम क्यान इन्फोटेकको अवसरमा सहभागीहरुलाई उक्त सेवामा ३० प्रतिसत छुटमा सेवा दिने समेत बास्तोलाले बताउनुभयो ।

इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटी कन्फरेन्स, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, कलेज स्टरीय आइटी क्विज कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नविनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने सचिव विकास भुर्तेलले जानकारी दिए । ‘इन्फोटेकका अवसरमा पुरानो ल्यापटपलाई उचित मूल्य दिएर साटफेर गर्ने व्यवस्थासमेत गरिएको छ,’ उनले भने । इन्फोटेकको करिब १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ । इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने भुर्तेलले बताए ।

इन्फोटेकको मुख्य प्रायोजन डिजी कमले गरेको छ भने इन एसोसिएस विथमा नेटिस, पावर्ड बाईमा के सेभेन र म्याक्याफी एन्टीभाइरस छन् । सपोर्टेट बाईमा कङगारु एजुकेशन फाउण्डेसन, डाइमण्ड स्पोन्सरमा डेल र एडिम्याक्स, गोल्ड स्पोन्सरमा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, सिल्भर स्पोन्सरमा इन्सर्च इन्टरनेशनल इन्स्टिच्युट र एक्सेस एजुकेशन नेटवर्क छन् । बैंकिङ पार्टनरमा सनराइज बैंक, प्रिन्टिङ पार्टनरमा कोनिका मिनोल्टा, इन्टरनेट पार्टनरमा टेक माइन्ड्स नेटवर्क, पेमेन्ट पार्टनरमा आइपे, इन्स्योरेन्स पार्टनरमा नेको इन्स्योरेन्स, आइटी पार्टनरमा वेभसफ्ट, हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्टले साथ दिएको सहसचिव सेवक क्षितिजले जानकारी दिए ।

 


यसमा तपाइको मत