मदन भण्डारी कास्की क्रिकेट विभाग गठन

बिहिबार, माघ २५, २०७४
38

पोखरा २५ माघ ।कास्कीमा क्रिकेट खेलको बिकास एवम प्रवद्र्धन गर्न मदन भण्डारी स्र्पोट्स एकेडेमी कास्की अन्र्तगत मदन भण्डारी स्र्पोट्स एकेडेमी क्रिकेट विभाग गठन गरेको छ । प्रविन रानाभाटको अध्यक्षतामा गठन गरिएको कास्की क्रिकेट विभागको उपाध्यक्षमा जिम्मी गुरुङ, सचिवमा भोजराज बराल, सहसचिबमा सन्दिप गिरी र कोषाध्यक्षमा शम्भु पतानी रहेका छन ।


गठित विभागको कार्यसमिती सदस्यमा दिपेन्द्र रानाभाट, ऋषिकेश शर्मा, विधान श्रेष्ठ, गोविन्द प्रधान, अशिष भण्डारी, मनिषा गुभाजु, सिंह बहादुर गुरुङ, रिजन प्रजु, सुष्मिता गुरुङ, विजय भुजेल र अर्जुन जोशी रहेका छन । कार्यक्रममा बोल्दै मदन भण्डारी स्र्पोट्स एकेडेमीका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठले एकेडेमी नेपालमा चार वटा खेललाई लक्षित गर्दै अगाडी वढिरहेको बताए । नेपालमा क्रिकेट, मार्शल आटर््स, फुटबल र भलिबल खेलका नयाँ प्रतिभाको खोजीमा रहेको उनले बताए । एकेडेमीले विद्यालयस्तर बाट नै खेलाडीको पहिचान गरिने अभियान सुरु गरिएको र उनीहरुलाई राष्ट्रिय स्तरको खेलाडी बनाउने अभियानमा समेत एकेडमी जुटेको उनले बताए ।

अध्यक्ष श्रेष्ठले २०७४ फागुन २८ गते प्रदेश नं ५ को प्रस्तावित राजधानी बुटबलमा १५ लाख पुरुस्कार राशीको राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरिने जानकारी दिंदै एकेडेमीको तर्फ बाट सहभागी हुने टिमलाई मलेसियामा लगेर प्रशिक्षण दिने तयारी समेत भएको उनले बताए । उनले उक्त टिमले मलेसियामा मलेसियन आर्मी सङ मैत्रीप्रर्ण म्याच खेल्ने बताए । त्यसै गरि फागुनमा भक्तपुरमा राष्ट्रिय भलिबल, बैशाखमा मार्शल आर्ट्स गरिने जानकारी दिए । ‘हामीले ५ वर्ष सम्म महिनामा एक पटक कुनै न कुनै एक खेलको राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने छौं’ उनले भने ।

कार्यक्रममा एकेडेमी क्रिकेट विभागका केन्द्रिय अध्यक्ष विकास अधिकारी, केन्द्रिय सदस्य शुदिस शर्मा, मदन भण्डारी स्र्पोट्स एकेडेमीका केन्द्रिय सदस्य ऋषि गौतम लगाएतको उपस्थिती रहेको थियो ।


यसमा तपाइको मत

शेयर