खेल खेल्ने वातावरण राज्य बनाउनुपर्छ ः सांसद थापा

शनिबार, माघ २७, २०७४
37

पोखरा २७ माघ । प्रदेश नम्वर चारका सांसद कृष्ण थापाले राजनीति राम्रो नभएसम्म कुनै खेलको विकास नहुने बताएाक छन् । ‘सवै खेलको नीति राजनीति हो, राजनीति राम्रो नभएसम्म कुनै खेल राम्रो हुदैन् ।’ नेपाल क्योकुशिन बुदो काई कराँते संघ कास्कीले आयोजना गरेको प्रदेश नम्वर चार स्तरीय बेल्ट प्रमोशन टेष्ट कार्यक्रममा बोल्दै सांसद थापाले खेलकुदको वातावरण सवै मिलेर बनाउनुपर्ने समेत बताए ।

सवैको सहयोग चाहिन्छ तर राज्यले खेलकुद विकासका लागी महत्वपूर्ण भुमिका खेल्नुपर्छ उनले भने–‘खेलकुदको वातावरण राज्यले बनाउनुपर्छ, राज्य अभिभावक हो ।’ उनले खेलाडीहरुले खेल खेल्दा देशलाई सम्झनुपर्ने बताए । ‘खेलाडीले खेल खेल्दा आखामा देशको तस्वीर नाच्नुपर्छ, गौरवशाली देश नेपाललाई भुल्न हुदैन् ।’ सांसद थापाले अवको एकमात्र मुलमन्त्र विकास भएको बताए । ‘अवको एकमात्र ध्यान मुलुकको विकास हो ।’ प्रदेश सांसद पुष्पा के.सी भण्डारीले खेल स्वास्थ्य र ब्यत्तिगत रुपमा आवश्यक रहेको बताइन् ।

खेलाडी देशका गहना हुन् उनले भनिन–‘खेलाडी देशका गौरव हुन, देशको पहिचानलाई अन्तराष्ट्रिय रुपमा चिनाएका हुन्छन् ।’ उनले राज्यले खेलाडीको सम्मान गर्न नसकेको बताउदै खेल मार्फत देशको पहिचान दिलाउने खेलाडीले दुखद जीवन यापन गर्न नपर्ने अवस्था सृजना गर्नुपर्ने बताइन् । क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले नेपालमा आयोजना हुने १३ औ सागमा मार्सल आर्टलाई समेत समावेश गर्ने बताउदै त्यही अनुसारको तयारी थाल्न आग्रह समेत गरे । कार्यक्रम नेपाल क्योकुशिन बुदो काई कराँते संघका प्रमुख प्रशिक्षक दिपकबहादुर गोदारको अध्यक्षतामा भएको थियो भने संचालन सचिव सुभाष खड्काले गरेका थिए ।


यसमा तपाइको मत

शेयर