एमाले प्रदेश चारको संसदीय दलको नेतामा पृथ्वीसुब्बा चयन

आइतवार, माघ २८, २०७४
48

पोखरा २८ माघ ।प्रदेश नम्वर चारको एमाले संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेश चारमा संसदीय दलको नेता दावी गर्नुभएका किरण गुरुङ सहमतीका आधारमा पृथ्वीसुब्बा गुरुङलाई संसदीय दलको नेतामा प्रस्ताव गर्नुभएको हो । एमाले संसदीय दलको बैठकमा प्रदेश चारका संयोजक समेत रहेका किरण गुरुङले पृथ्वीसुब्बालाई समर्थन गरेपछि सहमतीका आधारमा संसदीय नेता चएन हुनुभएको हो । संसदीय दलको नेता भएन भएसंगै पृथ्वीसुब्बा प्रदेश चारको मुख्यमन्त्री हुने पक्का भएको छ ।

पार्टी नेताहरुवीच बसेको बैठकमा सहमती जुटेपछि संसदलीय दलको बैठकले पुथ्वीसुब्बा गुरुङलाई दलको नेता चयन गरेको हो । संसदीय दलको नेता चयनभएपछि पत्रकारहरुसंग बोल्दै पृथ्वीसुब्बा गुरुङले सहमतीका आधारमा गरेको बताउदै पार्र्टीको आवश्यकता अनुसार सहमती कायम गरेर अगाडी बढेको बताउनुभयो । बृहत पार्टी एकता र अहिलेको आवश्यकताका आधारमा संसदीय दलको नेता चयन गरिएको हो उहाँले भन्नुभयो प्रदेश, सरकार र पार्टीको सम्वन्ध राम्रो बनाउन निसर्त रुपमा सहमतीका आधारमा नेता चयन भएको हो ।’

संसदीय दलका नेता गुरुङले गबठन्धन दल माओबादी केन्द्रको संसदीय दलको नेतासंगको छलफलपछि एक दुई दिनमै बहुमत सदस्य आफुहरुसंग रहेको जानकारी प्रदेश प्रमुखलाई गराएर मुख्यमन्त्रीको दावेदारी प्रस्तुत गर्ने जानकारी समेत दिनुभयो । ‘गठबन्धन दलका नेतासंग छलफल गरेर एकदुई दिनमै मुख्यमन्त्रीको लागी प्रदेश प्रमुखसंग दावी प्रस्तुत गछौ ।’ उहाँले प्रदेश चारको स्रोत र साधनलाई उपयोग गरेर समृद्ध र समुन्नत बनाउने बताउनुभयो । ‘यहाँ पर्यटन, प्राकृतिक, जलस्रोत, कृषिमा सम्भावना छ उहाँले भन्नुभयो त्यसलाई उपयोग गदै आर्थिक रुपमा सफल र समृद्ध प्रदेश बनाउने प्रयास हुने छ ।’

यता संसदीय नेताको नेताको दावी गर्नुभएका किरणले गुरुङले प्रदेश संयोजकको नाताले अभिभावकत्व र संरक्षकत्व महसुश गदै सहमतीका लागी छाडेको बताउनुभयो । ‘ब्यक्ति केन्द्रीत हैन, पार्टी एकता अभियानलाई अगाडी बढाउन निवाचन गरेर विभाजित गर्न अनुपयुक्त हुन्छ भन्ने लागेर सहमतीका आधारमा मैले पृथ्वीसुब्बा गुरुङलाई समर्थन गरेको हुँ ।’ प्रदेश चार संयोजक किरण गुरुङले आफु र पृथ्वीसुब्बामा कुनै फरक नरहेको बताउदै पार्टी एकतालाई ध्यानमा राखेर सर्वसम्मतीमा निर्णय गरिएको बताउनुभयो । के सहमतीमा छाडनुभयो भन्ने पत्रकारको प्रश्नमा उहाँले निसर्त रुपमा आफुले छाडेको बताउनुभयो ।

‘सर्त र लेनदेनको आधारमा हैन, पार्टी एकतालाई अगाडी बढाउन अस्वस्थ प्रतिस्पर्धा र पार्टीको गुटबन्दीके अन्त्यका लागी सहमतीका आधारमा छाडेको हुँ ।’ प्रदेश ४ मा एमालेका २७ प्रदेशसभा सदस्यमध्ये २६ ओली समूहका रहेको बताइएको छ । दुवै नेता एउटै समूहबाट प्रतिस्पर्धामा उत्रिएपछि ओलीले पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउन आग्रह गरेपछि किरणले आफनो उम्मेदवारी नदिएको बताइएको छ ।


यसमा तपाइको मत

शेयर