प्रदेश चारको मुख्यमन्त्रीमा गुरुङ नियूक्त

सोमवार, माघ २९, २०७४
30

पोखरा २९ माघ । प्रदेश नम्वर चारको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नियूत्त भएका छन् । प्रदेश नम्वर चारका प्रदेश प्रमुख बाबुराम कुँवले सोमबार प्रदेश प्रमुखमा नियूक्त गरेका हुन् । गुरुङ आइतबार मात्रै एमाले संसदीय दलको नेतामा निविरोध चयन भएका थिए ।


प्रदेश प्रमुख बाबुराम कुवँरले सोमबार मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको कुवँरले बताए । प्रदेश प्रमुख कुवँरले मुख्यमन्त्रीमा नियूक्त गदै गुरुङलाई बधाई ज्ञापन गदै कार्यकालको सफलताको शुभकामना समेत दिएका थिए ।

मुख्यमन्त्रीको शपथ बुधबार दिउँसो २ बजे प्रदेश प्रमुखको निवासमा हुने भएको छ । बाम गठबन्धनको सहमतिअनुसार एमालेले ४ नम्बर प्रदेशको मन्त्री पाएकाले गुरुङ मुख्यमन्त्री बनेका हुने । माओबादीको सर्थनमा उनलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियूक्त गरेका हुन् । उनी लमजुङ बाट प्रदेशसभामा निर्वाचित सांसद हुन् । प्रदेश सभामा ६० जना सांसद रहेका छन भने एमालेका २७ र माओबादीका १२ जना छन् ।


यसमा तपाइको मत

शेयर