आज महाशिवरात्रि ;देशभरका शिवालयहरूमा विहानैदेखि दर्शनार्थीहरूको घुइँचो

मङ्लबार, फाल्गुन १, २०७४
32

हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथ सहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ । सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ । यता पोखराको वैदाम रहेको केदारेश्वर महादेवमणी मन्दिर, विन्दावासिनी, लाहाचोकको वानेटाकुर लगायतका पवित्रस्थहरुमा विषेस मेला एंव दर्शनार्थीहरुको भिड लागेको छ ।

यस्तै,महाशिवरात्री साँगीतिक कार्यक्रम’ तयारी पूरा भएको छ । शिवरात्रीको अवसरमा लेकसाइड हल्लनचोकमा आज साँझ ६ बजेदेखि प्रस्तुति रहने सत्याकृत व्याण्डका म्यानेजर विजय गौतमले जानकारी दिए । फ्लाइङ बुद्ध प्याराग्लाइडिङ र टिम फाइभ नेपाल प्याराग्लाइडिङको मुख्य आयोजना तथा सामुदायिक सेवा केनद्र वैदामको सहयोगमा हुन लागेको साँगीतिक साँझमा सत्याकृत व्यान्डले प्रेरणादायी, सकारात्मक भाव सहितका शब्द संयोजनका पूर्वेली, पश्चिमेली शैलीका गीत, भजन प्रस्तुत गर्ने गौतमले जानकारी दिए । व्यान्डले झन्डै दुई घण्टा प्रस्तुति दिनेछ ।


यसैबिच,पोखरा लेखनाथ महानगरपालीका २४ कास्कीकोटमा आयोजित नेपालकै सर्वाधीक राशीको भजन चुट्टका प्रतियोगीता तथा विविध सांस्कृतीक कार्यक्रमको तयारी पुरा भएको आयोजकले बताएको छ ।
महाङकालेश्वर मन्दिरमा शिवरात्रीको अवसर पारि राष्ट्रीय खुल्ला भजन चुट्टका प्रतियोगी आयोजना गरिएको हो । प्रतियोगीतामा विभीन्न जिल्लाका करीव दुई दर्जन समुहले सहभागीताको लागी नाम दर्ता गरिसकेको आयोजकले वताएको छ ।कश्यप धाम महाङकालेश्वर मन्दिर व्यवस्थान समितीले विभीन्न उप समिती निमार्ण गरी कार्यक्रमको तयारी गरिरहेको संयोजक ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए ।
समुन्द्री सतहदेखी झण्डै १७८५ मिटर उचाइमा रहेको कश्यप धाममा उक्त प्रतियोगीता गर्न लागिएको हो ।मन्दिर व्यवस्थापन समितीका सचिव मनहरी अधिकारीका अनुसार इच्छुक समुहले फाल्गुन १ गते सम्म समुह दर्ता गर्न सक्नेछन् । प्रथम हुने समुहलाई रु.५१ हजार ५ सय, मेडल र प्रमाण पत्र, दोस्रो हुनेलाई रु.३० हजार, मेडल र प्रमाण पत्र, तेस्रो हुनेलाई रु.२० हजार, प्रमाण पत्र र सान्त्वना हुने समुहलाई रु.१० हजार र प्रमाण पत्र प्रदान गरिने संयोजक ठाकुरले जानकारी दिए ।कार्यक्रममा विविध सांस्कृतिक झाकी, शिव वराहत नृत्य तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा विवीध सांस्कृतीक कार्यक्रमहरु प्रस्तुत गरीने छ ।


यसमा तपाइको मत

शेयर