२३औँ संस्करणको आहारारा पोखरा गोल्ड कप आजदेखि सुरु

पोखरा । २३औँ संस्करणको आहारारा पोखरा गोल्ड कप आजदेखि सुरु भएकाे छ । पाेखरा रंंगशालाकाे फुटबल मैदानमा सुरु भएकाे प्रतियाेगिताकाे उद्घाटन पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे ।

उनले निरन्तर सहाराले फुटबल प्रतियाेगिता गर्दै आएकाे बताउदै सहाराकाे मात्रै हैन पाेखराकाे हाे भने । उनले संरक्षक भएर आवश्यक सहयाेग गर्ने बताए । उनले पाेखरा महानगरसंग भगिनी सम्बन्ध रहेका देशबाट टिम सहभागी गराउदै प्रतिबद्वता गरे ।

 

यसैबीच उद्घाटन कार्यक्रममा नेपाली राष्ट्रिय टिमका मिटफिल्डर आयुस घलानलाई सम्मान गरेकाे छ । क्लबले हरेक वर्ष सर्वाेत्कृट खेलाडी सम्मानबाट सम्मान गरेकाे छ ।कार्यक्रमका प्रमुख अतिथि पाेखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र सहारा क्लबका अध्यक्ष केशबराज बरालले नगद ५०  हजार ५ सय ५५ रुपैया सम्मानपत्र सहित सम्मान गरे ।

 

सहारा क्लब पोखराको आयोजनामा संचालित  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब, विभागीय टिमहरू, सुपर लीगका टिम, विदेशी टिम, मोफसलका टिमसहित आयोजक सहारा क्लबकै टिमले पनि प्रतिस्पर्धा गर्दै छन् ।

कुल १२ ‘टिम’ को सहभागिता रहेको यस संस्करणको उद्घाटन खेलमा आयाेजक  सहारा क्लब पोखरा र थ्री स्टार क्लबवीच प्रतिस्पर्धा भैरहेकाे छ ।

 

 

 

आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा २८ लाख रुपैयाँ भन्दा बढी रकम पुरस्कारका लागि मात्रै खर्च हुने छ । प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख एक हजार रुपैयाँ र दोस्रो हुने टोलीले छ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । सहभागी टोलीले हरेक खेलमा प्रोत्साहन रकम पाउने सहारा क्लबका अध्यक्ष केशवराज बरालले बताए ।

 

प्रि– क्वाटर खेल्ने दुवै टोलीले २० हजार, क्वाटरफाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसरी सबै पुरस्कारका लागि २८ लाख ३२ हजार पाँच सय ५५ रुपैयाँ खर्च हुने क्लबले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...