थ्रीस्टार आहा रारा पाेखरा गाेल्ड कपकाे फाइनलमा

पाेखरा, माघ १७ गते ।थ्री स्टार क्लव आहा रारा पाेखरा गाेल्ड कपकाे फाइनलमा प्रवेश गरेकाे छ । पाेखरा रंगशालामा बुधबार भएकाे पहिलो सेमिफाइनल खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबमाथि १-० काे कठिन जित निकाल्दै आहा राराकाे उपाधि भिडन्तका लागि अन्तम दुईमा स्थान सुरक्षित गरेकाे हाे ।

थ्री स्टारलाई फाइनल पुर्‍याउन दिपेश घले नायक बने । खेलकाे ७८ आै मिनेटमा गरेकाे गाेल निर्णायक बनेपछि पाेखरा रंगशालामा पाँच पटक उपाधि जितेकाे थ्री स्टारले छैठौं उपाधिमा दाबेदारी प्रस्तुत गर्याे ।

 

खेलको ६६ औं मिनेटमा आदित्य शाक्यको स्थानमा मैदान प्रवेश गरेका उनले दिपेश आलेमगरको असिस्टलाई सुन्दर फिनिसिङ दिए दिदै बललाई जालीकाे सम्पर्कमा पुर्‍याए । त्यहि गाेल थ्री स्टारका लागि संञ्जिबनी बुटि सावित भएपछि छैठौं पटक उपाधि उचाल्ने सपना साचेकाे छ ।

 

थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहाराराको उपाधि जितेको छ । थ्री स्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ । बिहीबार  अन्तिम सेमिफाइनलअन्तर्गत चर्चब्वाइज र नेपाल आर्मी भिड्नेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...