जीवन ज्याेतिद्वारा आर्थिक सहयाेग

पाेखरा, माघ १७ गते ।आर्थिक रुपमा विपन्नकाे सहारा बनेकाे छ जीवन ज्याेति सेवा केन्द्र ।आर्थिक अवस्था कमजाेर भै उपचारमा समस्या भएका ब्यक्तिहरुलाई केन्द्रले सहयाेग गर्दै आएकाे छ ।

आर्थिक अभावले उपचार पाउन नसकेका ब्यक्तिलाई आर्थिक सहयाेग गरेर उनिहरुकाे पिडामा मलम लगाउन केन्द्रले सहयोग गरेकाे अध्यक्ष सृजना रिजालले बताइन ।

 

यसैबीच केन्द्रले पाेखरा महानगरपालि वडा नम्बर २३ कार्कीकाे तगराका चित्रबहादुर बि.कलाई आर्थिक सहयोग गरेकाे छ ।

 

प्यारालाईसिसका कारण पाेखराकाे गण्डकी मेडिकल कलेजमा उपचार गराइ रहेका बिकलाई २५ हजार १ सय ५० रुपैयाँ सहयोग हस्तान्तरण गरेकाे अध्यक्ष सृजना कार्कीले जानकारी दिइन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...