आहा रारामा आज चर्च ब्वाइज र आर्मी भिडदै

पाेखरा, माघ १८ गते ।पाेखरा रंगशालामा जारी राट्रिय तथा अन्तर्राष्टिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम सेमिफाइनल खेल हुदैछ ।


दिउँसो साँढे २ बजेपछि हुने अन्तिम सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब बिच हुने छ ।

 

आज हुने सेमिफाइनल विजेता टोलीले शनिबार थ्री स्टार क्लबसंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

 

आर्मीले प्रतियोगिताको प्रिक्वाटरफाइनलको खेलमा राइजिङस्टर एफसी र क्वाटरफाइनलमा डिफेण्डिङ च्याम्पियन संकटा क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

यसैगरी चर्च ब्वाइजले क्वाटरफाइनलमा सिधै स्थान पाएको थियो । क्वाटरफाइनलको खेलमा चर्च ब्वाइजले नेपाल पुलिसलाई हराएर सेमिफाइनल पुगेको टोली हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...