आर्मीलाई २३ औं आहा राराकाे उपाधि

पोखरा ।पाँच पटककाे उपाधि विजेता थ्रीस्टार क्लबलाई ३-० गोलले पराजित गर्दै त्रिभुवन आर्मीक्लबले पोखराको मैदानमा पहिलो पटक उपाधि उचालेकाे छ । पाँचौ पटक फाइनल पुगेकाे आर्मीले उपविजेताको ट्यागलाई मेटाउदै २३ औं आहा राराकाे उपाधि जित्याे ।

सहारा क्लबको आयोजनामा सञ्चालित आहा रारा पोखरा गोल्डकपको २३ संस्करणको उपाधि उचाल्दै आर्मीले पाँच वर्ष अघि थ्रीस्टारसँग फाईनलमा व्यहोरेको हारको बदला समेत लिएको छ । आर्मी यस अघि चार पटक उपविजेता बनेर रित्तै फर्किएको थियो ।

 

आर्मीले उपाधि उचाल्न झण्डै डेढदशककाो समय लगायो । अन्य दुई विभागीय क्लब नेपाल पुलिस र सशस्त्र प्रहरी बलले आहा राराको उपाधिमा नाम लेखाईसकेका थिए । तर सधैंको अभागी बनेको आर्मीले पनि उपाधि उचाल्न २३ औं संस्करणसम्म कुर्नुपर्यो । शनिबार भएको फाईनलमा थ्रीस्टारलाई पन्छाउन आर्मीले धेरै धक मानेन् ।

 

खेलको ३८ औं मिनेटमा आर्मीले गोल गर्दै अग्रता लियो । अग्ला कदका खेलाडी जिलेस्पीजंग कार्कीले हेडर मार्फत गोल गर्दै आर्मीको सुखद शुरुवात गरिदिए । कार्कीले सिद्धान्त चौधरीले मिलाईदिएको पासलाई अनमार्क बस्दै हानेको हेड पोष्टभित्र छिरेपछि आर्मीले पहिलो गोलको खुशी मनायो ।

 

दोस्रो गोल दोस्रो हाफमा सम्भव बनायो । प्रतियोगिता अवधिकदेखि नै सुधारिएको खेल पस्किदै आर्मीले दर्शकको मायालाई पनि आत्मसात गर्यो । फत्तमान घलेले आर्मीका लागि दोस्रो गोल गरे । खेलको ८३ औं मिनेटमा गोल गदैृ आर्मीलाई उपाधिको हकदार बनाउने थप महत्वपूर्ण रह्यो । अतिरिक्त समयमा आर्मीले अर्को गोल थप्दै जित सुनिश्चित बनायो ।

 

उपाधिमा नाम लेखाउने क्रममा अन्तिम गोल बसन्त जिम्बाले गोल गरे । उनको गोलसँगै आर्मीले थ्रीस्टारको चुनौतिलाई ३-० गोलले पन्छाउँदै आहा रारा पोखरा गोल्डकपको उपाधि उचाल्दै इतिहास लेखायो । आर्मीको यो उपाधि भने पोखरामा पहिलो हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...