नगरसभामा संशोधन विधेयक प्रस्तुत

पाेखरा, माघ २६ गते ।पाेखरा महानगरपालिकाकाे स्थगित नगरसभा सुरु भएकाे छ ।

पौष २९ गते सुरु भएको नगरसभा पोखरा सभागृहमा शुक्रबार पुनः बसेको हो । शुक्रबारको सभामा विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गरिएका छन् । नगरसभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेले भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बाल अधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक प्रस्तुत गर्नुभएको हो ।
यस्तै पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मन्जुदेवी गुरुङले समितिको अर्धवार्षिक प्रतिवेदन र सार्वजनिक लेखा समितिका संयोजक झपट बहादुर रानाभाटले सार्वजनिक लेखा समितिको प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको छ ।

 

आर्थिक ऐनमा भएका व्यवस्थाका सम्बन्धमा समितिले विभिन्न सरोकारवाला निकाय तथा विज्ञहरू समेतसँग छलफल गरी तयार गरेको प्रतिवेदन बिहीबार कार्यपालिकाबाट पास गरी शुक्रबार आवश्यक सुझाव सहित अनुमोदनका लागि नगरसभामा पेस गरेको हो । यसको टुङ्गो भने २८ गते आइतबार बस्ने नगरसभाको अर्को बैठकले लगाउने उपप्रमुख गुरुङले बताउनुभयाे । उहाँका अनुसार सभामा पेस भएका विधेयक तथा प्रतिवेदन माथि आइतबार  छलफल हुनेछ ।

 

विधायन समितिको तर्फबाट पेस गरिएका विधेयकहरू, न्यायिक समितिको प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन, आर्थिक ऐन अध्ययन विशेष समितिले पेस गरेको प्रतिवेदन माथि छलफलका लागि ४५ जना नगरसभा सदस्यहरूले नाम टिपाएका छन् ।

 

नाम टिपाएकाहरुले आइतबार छलफलमा भाग लिने छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...