नेलम्बोद्वारा मराउँचे गोलडाँडा टोल विकास संस्थालाई सहयोग

हेमजा, १३ असोज ।पोखरा ४ स्थित नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिका ३ स्थित मराउँचे गोलडाँडा काँडे बराह थान टोल विकास संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री तथा डस्टविन वितरण गरेको छ। संस्थाले ४१ औं सामाजिक सेवा दिवसको अवसर पारी सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन सोमवार उक्त सामग्रीहरु प्रदान गरेको हो।

जसअनुसार ७ वटा डस्टविन, डिटोल सावुन, एन ९५ माक्र्स र ब्रोसर हस्तान्तरण गरिएको छ।कार्यक्रम स्थानीय प्रगतिशील युवा क्लवको व्यवस्थापनमा भएको थियो। कार्यक्रममा भनाई राख्दै नेलम्बो नेपालका कार्यक्रम संयोजक डा.किसन कोइरालाले सामाजिक सेवा दिवसको अवसर पारी सहयोग गरेको स्पष्ट पार्दै सहयोगले कोभिड १९ संक्रमण नियन्त्रण तथा वातावरण संरक्षणमा भूमिका खेल्ने विश्वास लिए।

उनले संस्थाको वारेमा जानकारी पनि दिर्दै आगामि दिनमा टोल तथा क्लवसग आफूहरु हातेमालो गर्न तयार रहेको स्पष्ट पनि पारे। नेलम्बो नेपालका जनसम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारीले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको अवगत गराउँदै दुर्गम वस्तीमा सहयोग गर्नु संस्थाको धर्म भएको औँल्याए।त्यस अवसरमा उनले सहयोगको विवरणबारे जानकारी पनि दिएका थिए। स्थानीय प्रगतिशील युवा क्लवका पुर्व अध्यक्ष सुरज पौडेलले सेवा नै धर्म भएको चर्चा गर्दै संस्थाले वास्तविक सहयोग गर्नुपर्ने स्थान छनोट गरी कार्यक्रम गरेको भन्दै खुसी व्यक्त गरे ।कतिपय गैरसरकारी संस्थाले डलरको खेती गर्ने गरेको तर्फ संकेत गर्दै पौडेलले नेलम्बोमा भने आफूले त्यस्तो नपाएको उल्लेख गरे।

कार्यक्रमका बीच टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रगतिशील युवा क्लवका सचिव कमलराज पौडेल, स्थानीय नवज्योति आमा समूहकी अध्यक्ष रेवती अधिकारी, स्वास्थ्य स्वयम्सेविका पार्वती पौडेल लगायतले पनि धारणा राखेका थिए। टोल विकास संस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रगतिशील युवा क्लवका पुर्व अध्यक्ष सुरज पौडेलले स्वागत तथा क्लव अध्यक्ष दिलीप पौडेलले कार्यक्रम संचालन गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...