हिमश्रृखलाको उचाई नाप्दै चरासरी आकाशमा उड्दा

एकराज गिरी
पोखरा, असोज १३ गते । हावामा कावा खादै चरा सरी उडदै हिमाल र तालको दृश्यवलोकनले कसको मन नलोभ्याउला । पोखराको सराङकोटबाट उडेर माच्छापुच्छे, अन्नपूर्ण, धौलागिरीको हिमश्रृखको उचाई नाप्दै फेवाताको आँगनमा अवतरण गर्दाको आनन्दले सवै चकित हुन्छन् । पर्यटकीय शहर पोखरामा प्याराग्लाईडिङ उड्न आउनेहरुको लर्को लाग्थ्यो ।करिव ६ महिनायता प्याराग्लाईडिङ पोखराका आकाशमा उडेनन् । कोरोना भाइरसको संक्रमणले साहसीक खेल प्याराग्लाईडिङ समेत प्रभावित बन्यो ।

मानव सम्भयतालाई चुनौती दिनेगरी विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणसंगै पखेटा भाच्चिए जस्तै भए । सरकारले कोरोना भाइरसबाट आफना नागरीक बचाउन गत वर्ष चैत ११ गतेबाट देशब्यापी लकडाउन घोषणा गरेसंगै ठप्प भयो। चरासरी फेवाताल माथि उडने प्याराग्लाईडिङ उड्न आउनेहरु कोरोनाको कहरमा परे । पोखरा आउने आन्तरीक तथा बाह्य पर्यटकको पहिलो रोजाई साहरीक खेल प्याराग्लाईडिङ बनेको छ । छ महिनादेखि बन्द पोखराको प्याराग्लाईडिङ सोमबारदेखि सञ्चालनमा आएको छ ।

सरकारले असोज १ गतेबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई र लामोदुरीका बस संञ्चालनमा खुल्ला गरेपछि प्याराग्लाईडिङ व्यवसायीले असोज ५ गतेबाट उडान सुरु गर्नुभएको हो । असोज ५ गते सोमबारबाट प्याराग्लाईडिङ उडान सुरु गरेकाछौ, नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले भन्नुभयो, ‘सरकारले होटलदेखि हवाई सेवा खोल्ने निर्णय गरेको छ ।

त्यसैले हामीले पनि सोमबारबाट सञ्चालन गरेका छौ ।’ उहाँले लडकाउनको अगाडीको भन्दा उडान शुल्कमा छुट दिने समेत बताउनुभयो । लकडाउन हुनुभन्दा अघि दैनिक ५ सय उडान हुने गरेको उहाँले जानकारी दिनुभयो ।पोखरामा ६० वटा प्याराग्लाईडिङ कम्पनीहरु दर्ता छन् । प्याराग्लाईडिङका लागि नेपालीलाई ७५ सय र विदेशीलाई ८५ सय रुपियाँ लिने गरेका थियौ अध्यक्ष भण्डारीले भन्नुभयो, ‘अहिले अवस्था सहज छैन्। त्यसैले छुट दिएर उडान भर्ने योजनामा छौ।’

छ महिनाको अवधिमा प्याराग्लाईडिङ ब्यवसायले ५० करोडको क्षती व्यहोर्न परेको अध्यक्ष भण्डारीले बताउनुभयो ।उहाँका अनुसार ६० वटा कम्पनीले पूर्वाधार सहित १ अर्व लगानी गर्नुभएको छ।प्याराग्लाइडिङ्ग साहसिक पर्यटनका लागी उत्कृष्ट गन्तव्यस्थल हो । पोखरा र यसको सेरोफेरोमा रहेको अन्नपूर्ण पदयात्रा विश्वको उत्कृष्ट १० पदयात्रा मध्ये एक हो भने प्याराग्लाइडिङ्ग विश्व उत्कृष्ट पाँच गन्तब्य स्थलमा रहेको छ ।

१ हजार ५ सय ९२ को उचाईमा रहेको कास्कीको सराङ्गकोटबाट डोरी र ग्लाइडरको भरमा चरा झै फन्न उडेर फेवाताल किनार खपौदीमा अवतरण गरिन्छ । पाइलटहरु ८ हजार मिटरसम्म उडेर चीलजस्तै घुम्दै प्रकृतिको अलौकिक आनन्दमा रम्ने गरेका छन् । पोखरामा स्वदेशी र विेदेशी गरी ३ सय पाइलटहरु हुनुहुन्छ ।

धौलागिरी, अन्नपूर्ण, मनास्लु हिमाश्रृखलादेखि सराङ्गकोटको डाँडा, बेगनासताल,पाल्पाको श्रीनगर, तनहूँको बन्दीपुर, कास्कीकै मट्टीखानजस्ता पहाडमा सिधै अवतरण गर्न सकिन्छ । प्याराग्लााइडिङ्गबाट हिमाल, पहाड, गाउँसहर र तालतलैयाको दृश्य अवलोक गर्न सकिने भएकाले पर्यटकको आकर्षण प्याराग्लाइडि बनेको पर्यटन ब्यवसायी एवं पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष सुर्यबहादुर भुजेलल बताउनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...