जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक सहित शैक्षिक सामग्री वितरण

पोखरा, असोज १३ गते । पोखरा महानगरपालिका वडा नम्वर १६ र असल छिमेकी नेपालको समन्वयमा जेहेहन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ ।

पोखरा १६ का १४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत निम्न आएका भएका परिवारका जेहेन्दारा बालबालिकालाई विद्यालय पोशाक, झोला, कापी कलम वितरण गरिएको हो । उनीहरुलाई ४५ सय रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो ।

 

शान्ति मा.विमा ४५, जनता आधारभुत विद्यालयमा २० जना गरी जम्मा ६५ जनालाई सामग्री गरिएको पोखरा १६ का जनप्रनिधि गुमादेवी अधिकारी गौतमले जानकारी दिनुभयो । उहाँले असल छिमेकी नेपालका कोषाध्यक्ष पुर्णलाल कायस्थ, कार्यक्रम संयोजक सुरेन्द्र दास, दानबहादुर नेपाली र असल छिमेकी नेपालका परिवारलाई धन्यवाद समेत दिनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...