गौतमको नियुक्तिबारे संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं, असोज १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई राष्ट्रिसभामा नियुक्ति विरुध्दको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलसमा सुनुवाइ सुरु भएको छ ।

अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा असोज ७ गते सुनुवाइ गर्दै सर्वोच्च अदालतले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा गरिएको नियुक्तिको विषयलाई पनि यथास्थितिमा राख्न आदेश भएको थियो । साथै थप सम्वैधानिक जिम्मेवारी लिने दिने कार्य रोक्न आदेश अन्तरिम  जारी गरेको थियो । न्यायाधीश डा. आनन्द मोहन भट्टराइको इजलासबाट सो रिटको टुङगो संवैधानिक इजलासबाट हुनु पर्ने आदेश भएको थियो ।

संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा, तथा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ तथा इश्वरप्रसाद खतिवडा रहनु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...