के.सीको अवस्था बारे नागरिक समाजको ध्यानाकर्षण

पोखरा, असोज १४ गते । वरिष्ठ चिकित्सक डा. गोबिन्द केसीले नेपालको स्वास्थ्य–शिक्षा क्षेत्रमा सुधार, विगतमा सरकारले गरेको प्रतिबद्धताको पूर्ण कार्यान्वयन तथा भ्रष्टचारीहरुमाथि कारवाही गर्न लगायत विभिन्न माग राखी थाल्नु भएको सत्याग्रहको १६ औं दिन भईसक्दा समेत सरकारले उहाँका मागहरू सम्बोधन गर्न उचित पहल नगरेको प्रति शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केसीले थाल्लेमने सत्याग्रह शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधार, राज्यको सामाजिक न्यायको दायित्व, चुस्त ब्यवस्थापन, सुशासन तथा विगतमा सरकार र उहाँवीच भएको सहमतिको पूर्ण कार्यान्वयनको लागि हो । डा. केसी १९औं पटक सत्याग्रहमा बस्नुपर्ने अवस्था श्रृजना हुनु दुःखद अवस्था भएको हाम्रो ठहर छ विज्ञप्तिमा भनिएको छ ।

डा. केसीका जायज मागहरूको वार्ताद्वारा तत्काल समाधान खोज्न र विगतमा सरकारले उहाँसँग गरेका सम्झौता यथासिघ्र लागू गरी उहाँको बिग्रदो स्वास्थ्य स्थितिप्रति गम्भीर हुदै जीवन रक्षाको लागि अविलम्ब पहल गर्न नेपाल सरकार समक्ष शान्तिका लागि नागरिक समाजको सञ्जाल हार्दिक अपिल गर्दछौ विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...