खेलकुदको संरचना तथा कर्मचारी दरबन्दी सिफारिस समितिले बुझायो प्रतिवेदन

काठमाडौं, असोज १४ गते ।तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकको संयोजकत्वमा गठित खेलकुदको संरचना तथा कर्मचारी दरबन्दी सिफारिस समितिले बुधबार प्रतिवेदन बुझाएको छ । गत जेठ १४ गतेको निर्णयानुसार गठित समितिले राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो ।


खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक– २०७५ को आधारमा राखेपको संरचनालाई वर्तमान समय सापेक्ष उचित र आवश्यकता अनुसार केन्द्रदेखि प्रदेश र स्थानिय तहसम्म खेलकुदको संरचनाको प्रस्तावित खाका तयार गरी सुझावसहितको प्रतिवेदन बुझाउन संयोजक विकको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको थियो ।

 

समितिका सदस्यहरुमा राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहाल, १३औ साग सचिवालय प्रशासकीय अधिकृत ९हाल संघ संस्था समन्वय शाखा प्रमुख ० इन्द्रबहादुर कार्की, प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई, कानून शाखाका प्रमुख नारायणराज आर्याल तथा राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा र महासचिव फणिन्द्रप्रसाद पौडेल रहेका छन् । सचिवमा कर्मचारी प्रशासन शाखाका प्रमुख विनोदकुमार उप्रेती छन् ।

समितिलाई ४ बुँदे टीओआरको परिधिभित्र रहि प्रतिवेदन तयार गर्न भनिएको थियो । जस अनुसार समितिले खेलकुदको संरचना ९संघ, प्रदेश र स्थानिय तह० को प्रस्तावित ढाँचा तयार गर्ने, प्रस्तावित ढाँचा बमोजिम कर्मचारी रहने दरबन्दीको प्रस्ताव तयार गर्ने, बढुवा र स्थायी पदपूर्ति सम्बन्धी प्रस्तावित कार्यनिर्देश तयार गर्ने तथा जारी हुने नयाँ ऐन बमोजिम खेलकुद विकास नियम र कर्मचारी सेवा शर्त सम्बन्धी नियमावलीको प्रस्तावित खाका तयार गर्नु पर्ने थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...