पोखरा महानगरमा अनलाइनबाट कृषक बर्गिकरणको सुरुवात

दिपक गिरी, सफलन्यूज, पोखरा, असोज १३ गते । पोखरा महानगरपालिकाले कृषक बर्र्गिकरण अनलाइन फारमको सुरुवात गरेको छ । महानगर कृषि महाशाखाले कृषि उत्पादन तथा बर्गिकरण प्रणालीका लागि अनलाइन फारमको सुरुवात गरेको हो । महानगरका प्रमुख मानबहादुर जिसीले अनलाइन फारमको सोमबार शुभारम्भ गरे । महानगरले तयार पारेको वेवसाईट जततउकस्ररबऊक।उयपजबचबपचष्कजष्।अयm मा राखिएको अनलाईन दर्ता फारम भरेर कृषकहरु सुचिकृत हुन सक्नेछन् । महानगरका प्रमुख जिसीले वेवसाईट क्लिक गरी शुभारम्भ गरे ।
उनले वास्तविक किसानको पहिचान गर्न सहज हुने विश्वास ब्यक्त गरे । कृषिमा थप जागरण ल्याउन र वास्तविक कृषकको पहिचान गर्न सहज हुने विश्वास व्यक्त गरे । फारम भर्ने तरिका र यसलाई थप प्रभावकारी बनाउन कृषहरुलाई प्रत्यक्षरुपमै जानकारी गराउनुपर्नेमा जोड दिए ।कृषि क्षेत्रको समग्र बिकासको लागि स्रोत साधनको न्यायोचित र प्रभावकारी व्यवस्थापन गरि वास्तविक कृषक लाभान्वित हुने सुनिश्चितता कायम गर्न यो प्रणाली महत्वपूर्ण रहेको मेयर जिसीको भनाई छ । उनले स्मार्ट सिटी बनाउने अभियानमा सहयोगी बन्ने विश्वास व्यक्त गरे ।
कृषि क्षेत्रको समग्र बिकासको लागि स्रोत साधनको न्यायोचित र प्रभावकारी व्यवस्थापनको लागि वास्तविक कृषक लाभान्वित हुने निश्चितता कायम गर्न विभिन्न निकायबाट सञ्चालन गरिने कार्यक्रमलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन अनलाइन फारम सञ्चालन गरिएको महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । महानगरमा उत्पादन हुने अन्य बालि वस्तु उत्पादन क्षेत्रमा संलग्नको पहिचान तथा वर्गिकरण आवश्यक भएकाले महानगरपालिकाको कृषक दर्ता तथा बर्गिकरण गर्ने नीति तथा गण्डकी प्रदेशको किसान पहिचान तथा बर्गिकरण कार्यबिधि, २०७५ का आधारमा अनलाइन फारम सुरु गरिको उनले जानकारी दिए ।
किसान आफैले आफनो विवरण घरबाटै भर्न सक्ने भएकाले बास्तविक किसानको पहिचान हुने विश्वास महानगरको छ । अनलाइनमा लागत देखि उत्पादनसम्मका विषयलाई समेटने गरी तयार पारिएको महाशाखा प्रमुख कडरियाले बताए । किसानले भरेको विवरण सम्बन्धित वार्डले रुजु गरेर सिफारिस गरेपछि महानगर कृषि तथा पशु बिकास महाशाखामा पठाउनेछ उनले भने, ‘अनि सम्बन्धित किसानले परिचयपत्र नम्वर र बर्गिकरण सहितको कार्ड प्राप्त गर्नुहुनेछ।’
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...