राष्ट्रिय विज्ञान दिवस, प्राविधिक शिक्षालयहरु वीच सम्झौता

पोखरा, असोज । प्राविधिक शिक्षालायबाट उत्पादित जनशक्ति, ज्ञान र सीपको प्रयोग गर्ने उद्देश्यले राष्ट्रिय विज्ञान दिवसका अवसरमा पोखरा महानगरपालिका कार्यालयले विभिन्न चार वटा समझदारीपत्रमा हस्ताक्षर गरेको छ । पोखरास्थित विभिन्न प्राविधिक शिक्षालयहहरुसंग महानगरपालिकाले समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।‘राष्ट्रिय विज्ञान दिवस तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रममा पोखरा महानगरपालिकाको तर्फबाट महानगरका प्रमुख मानबहादुर जिसीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो भने इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका प्रमुुख राम प्रसाद पौडेल, बन क्याम्पस पोखराका प्रमुख विनोद हयेजु’, नर्सिङ क्याम्पस प्रमुख निता ताम्राकार र जेन्टा क्लव पोखराका उपाध्यक्ष निता थापाले महानगरसंग आफ्नो क्याम्पससंग सम्वन्धित प्राविधिक ज्ञान, सिप र जनशक्तीको सहकार्य गर्ने गरि समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
प्राविधिक शिक्षालयहरुको सिप, ज्ञान र जनशक्तीलाई महानगरको विकासमा प्रयोग गर्ने अभिप्रायले समझदारीपत्रमा गरिरएको महानगरका प्रमुख मानबहादुर जिसीले बताउनुभयो । महानगरमा सञ्चालित प्राविधिक शिक्षालयहरुले नगरवासीको विकाससंग सम्वन्धित क्रियाकलापमा आफुलाई जोडदै लैजानपर्ने धारणा व्यक्त गर्नुभयो । हाललाई चारवटा शिक्षालयसंग सम्झौता पत्रमा हःताक्षर भएको र आगामी दिनमा बाँकी अन्य क्याम्पसहरुसंग पनि सम्झौता गरेर अगाडी बढने महानगरले लक्ष्य लिएको उहाँले बताउनुभयो ।
महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले विज्ञान र प्रविधिलाई प्रयोग गरेर मात्रै विकासको लक्ष्य प्राप्ति गर्न सकिने बताउदै महानगरले शिक्षालयहरुसंग समझदारीपत्रमा हस्ताक्षर गरेको छ त्यो पुरा गर्न महानगर प्रविवद्ध रहेको बताउनुभयो । पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेलले शैक्षिक सस्ःथा र राज्यका कार्यकारी निकायहरुका विच सहकार्य अनिवार्य रहेको र महानगरले गरेको प्रयासले विज्ञान क्षेत्रमा स्थानीय तहको भुमिकालाई आत्मसाथ गरेको बताउनुभयो । कार्यक्रममा बन क्याम्पसका प्रमुख विनोद हयेज’, निता थापा, मोनिका थापा लगायतले विज्ञानको प्रयोगले मात्रै सरकारी लक्ष्य प्राप्त गर्न सहज हुनेमा जोड दिनुभयो ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...