किन भाँडियो डा.केसी र सरकार पक्षको वार्ता ?

मेडिकल शिक्षामा सुधार र स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर १९औं पटक अनशनमा बसेका डा. गोविन्द केसीसँगको वार्ता असफल भएको छ । सरकार र केसी पक्षबीच शुक्रबार भएको वर्ता निष्कर्षविहीन बनेको हो।

दुक्षपक्षबीचको वार्ता सहमति नजिक पुगेको बताइएपनि वार्ता टोलीले तयार पारेका सहमतिको मस्यौदाका केही बुँदामा शिक्षा मन्त्री असहमत भएपछि वार्ता निष्कर्षविहीन भएको केसी पक्षका वार्ता टोली संजोजक डा.जीवन क्षेत्रीले जानकारी दिए।

सरकार र डा.केसी पक्षबीच बिहीबारबाट वार्ता सुरु भएको थियो । दुवै पक्षबीच सहमतिका लागि मस्यौदा तयार भएकाले शुक्रबार सहमति हुन सक्ने अपेक्षा गरिए पनि वार्ता सफल हुन सकेन । शुक्रबार बिहानै वार्तामा बस्ने भनिएपनि बेलुका ९ बजे मात्र वार्ता सुरु भएको थियो । डा। केसी भदौ २९ गतेदेखि आमरण अनशनमा बस्दै आएका छन् ।

अब वार्ता कहिले हुने भन्नेबारे पनि कुनै टुंगो नलागेको वार्ता टोली संयोजक क्षेत्रीले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...