सहकारीको जनविश्वासमा आर्थिक अनुशासन आवश्यकता : अध्यक्ष आचार्य

पोखरा, असोज २४ गते । पोखरा महानगरपालिका वडा नं ३३ स्थित सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा आजदेखि सुरु भएको छ ।पोखरा – ३३ को कालिकास्थानमा प्रधान कार्यालय रही विभिन्न पाँचवटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको सहकारीले कोरोना महामारीको जोखिमीलाई दृष्टिगत गर्दै सप्ताहव्यापी रुपमा साधारणसभा गर्न लागेको हो । साधारणसभाको एक समारोहकाबीच आज पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष आचार्यले शेयर सदस्यको आर्थिक समृद्धिका लागि उत्पादनमा जोडिने किसिमका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । सहकारी प्रतिको जनविश्वास कायम गर्न आर्थिक अनुशासनको पनि उत्तिकै आवश्यकता हुने औंल्याउँदै उनले आर्थिक अनुशासनका पद्धति विकास गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा महानगरपालिकामा रहेका सहकारीलाई उत्पादनसँगै पर्यावरणीय संरक्षणमा समेत जोड्ने लक्ष्य रहेको बताउँदै उनले त्यसका लागि वडाका तर्फबाट पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यले सहकारीलाई यस अवस्थासम्म ल्याइपु¥याउने सबै प्रति आभार व्यक्त गर्दै शेयर सदस्यहरूको विश्वासलाई आगामी दिनमा अझै बलियो बनाउने गरी कृयाशिल हुने बताउनुभयो । कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा सजगता लगायतका कुरालाई दृष्टिगत गर्दै साधारसभाका कार्यक्रम सप्ताहव्यापी रुपमा सेवा केन्द्रहरू मार्फत गर्न लागिएको उनले जानकारी दिनुभयो ।

कार्यक्रममा सल्लाहकारद्वय केशरप्रसाद निदोर्षी र यज्ञप्रसाद अधिकारी(ठूला)ले शेयर सदस्यको विश्वास जित्ने गरी थप रचनात्मक कार्यक्रम सहित कृयाशिल बन्न आग्रह गर्नुभयो । संस्थाका सचिव यज्ञप्रसाद आचार्यद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष माधवप्रसाद कंडेलले स्वागत गरे भने शिक्षा समिति संयोजक निर्मल आचार्यले सहकारीका सिद्धान्त वाचन गर्नुभयो ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद अधिकारीका अनुसार दुई हजार १०९ जना शेयर सदस्य रहेको सहकारीले ६५ करोड ३७ लाख ५५ हजार रुपैयाँको कारोबार गरेको छ । पोखरा – ३३ कालिकास्थानस्थित प्रधान कार्यालय सहित पोखरा – ३३ कै लामगादी र पुँडीटारका साथै पोखरा – ८ को न्यूरोड एवम् पोखरा – २९ का भण्डारढिक र पुलचोकस्थित सेवा केन्द्रहरूबाट सेवा प्रवाह भैरहेको उनले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...