मोटरसाइकलले ठक्कर दिदाँ एक घाइते

गण्डकी प्रदेश, असोज २४ गते । पोखरामा शनिबार मोटरसाइकलले ठक्कर दिदाँ एक महिला घाइते हुनुभएको छ । शनिबार विहान पोखरा महानगरपालिका २६ बुढिबजार स्थित प्रदेश नं.२०१०.०१ प १९७९ नम्वको मोटरसाईकलले पैदल यात्री रिठ्ठेपानी बस्ने वर्ष ३२ की सिता गुरुङलाई ठक्कर दिंदा घाईते भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको अवस्था गम्भिर रहेको र चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

नवलपरासी मृत अवस्थामा फेला
नवलपरासी(पूर्व) गैडाकोट नगरपालिका १२ नारायणी टोल बस्ने वर्ष ४२ को खिम बहादुर सापकोटा आफ्नै दाई गंगा बहादुर सापकोटाको घरको तेस्रो तलाको सुत्ने कोठामा रहेको खाटमा मृत्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईहेको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...