साँघुमुख संरक्षणमा रेडियो सराङ्गकोटको साथ

पोखरा, असोज २४ गते ।पोखराको पुरानो व्यापारिक केन्द्र साँघुमुखको संरक्षणका लागि रेडियो सराङ्गकोटले साथ दिने भएको छ । रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको महत्व बोकेको क्षेत्रहरुको संरक्षण तथा प्रचार–प्रसार एवं धार्मिक र स्वास्थ्यका लागि हितकारक अत्यावश्यक विरुवा रोपण, सरसफाइ र कुर्चि वितरण गरेको हो ।


साँघुमुख पोखराको इतिहाँस बोकेको पर्यटकीय स्थल भएकाले यस क्षेत्रको विकासमा सरकारले सहयोग गर्नुपर्नेमा उक्त कार्य हुन नसकेको गण्डकी प्रदेशका सभासद विन्दुकुमार थापाले गुनासो गर्नुभयो । कास्कीकै सभासद मन्त्री नहुँदा पोखरामा हुने विकास निर्माणमा सरकार पछि परेकाले नेपालकै पहिलो सिसा पुल सहित पर्यटकीय गन्तव्य मार्ग साँघुमुख बन्न नसकेको भन्दै सभासद थापाले सबैले दबाब दिनुपर्नेमा जोड दिनुभयोे ।

 

रेडियोका प्रमुख कार्यकारी निर्देशक भाष्कर पण्डित कमलनयन गौतमले साँघुमुख धार्मिक महत्वले महत्वपूर्ण रहन सक्ने र यसको मौलिकतामा विकास गर्न रेडियोले आवश्यक सहयोग र पहल गर्ने बताउनुभयो । सोही अवसरमा रेडियोका प्रमुख योगेन्द्र श्रेष्ठले आफ्ना बुवा स्वर्गीय राम बहादुर श्रेष्ठको स्मृतिमा कुर्चि वितरण र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबाट व्यवस्थापन सहयोग भएको थियो ।

उपभोक्ता समितिका अध्यक्ष इन्द्रकमल मानन्धरको सभापतत्विमा भएको कार्यक्रममा सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर जि.सि., सहकारीका सचिव एवं रेडियोका कार्यकारी निर्देशक कृष्ण थापा, पोखरा महानगरपालिका वडा नं. ९ का वडा सचिव लोकदर्शन कोइराला, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका अध्यक्ष रमेश कुमार थापा, रेडियोका निर्देशक एवं पूर्व ट्राफिक प्रमुख शिव बहादुर थापा, उपभोक्ता समितिका उपाध्यक्ष रोशन महर्जन, साँघुमुख संरक्षणका अभियन्ता बुद्ध गुभाजु, महेन्द्रपुल यूथ क्लवका अध्यक्ष विष्णु कायस्थ, नेवा मिसापुचका अध्यक्ष पुण्यलक्ष्मी लाभाजु लगायतका वक्ताहरुले साँघुमुखको संरक्षण र संवद्र्धनका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दा सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...