युवा संघ सल्यानको संयोजकमा मनबहादुर

पोखरा, असोज २४ गते । नेपाल कम्यूनिष्ट पार्र्टी (नेकपा)ले कास्कीमा आफना गतिविधि तिव्र पारेको छ । एकिकृत पार्टीका वडा वडामा कमिटि गठन र सपथ ग्रहणलाई तिव्रता दिएको छ । त्यसैले भातृ संगठनहरुको एकता प्रक्रियाको कामलाई अगाडी बढाएको छ ।

यसैवीच नेकपा अन्नपूर्ण गाउँपालिका वडा नम्वर ४ सल्यानमा नेकपा वडा कमिटीको आयोजनामा युवा संघ नेपालको भेला सम्पन्न भएको छ । भेलाले वडा समिति गठन गरेको छ । भेलाले २१ सदस्यीय समिति गठन गरेको छ भने अहिले १५ जना चयन गरिएको र छ जना समितिले पार्टी कमिटीसंग परामर्श गरेर मनोनयन गर्ने भएको छ । समितिको संयोजकमा मनबहादुर गुरुङ, सहसंयोजकमा शिक्षा के.सीलाई चयन गरेको छ ।

सदस्यहरुमा विस्वदल गुरुङ, सुरेस गुरुङ, अनिस गुरुङ,सरोज गुरुङ ,श्याम गुरुङ, बिशाल गुरुङ,किसन विक,दिपल विक ,सन्दीप के.सी, रेशम पौडेल, बिमल के.सी, बुद्धिमान परियार, सुभास बिकलाई चयन गरेको छ । कार्यक्रम युवा संघ नेपालका नेता शिव अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, विशेष अतिथि नेकपा अन्नपूर्ण गाँउकमिटि नेता विष्णु केसी,अन्नुर्ण गाँउकमिटि सदस्य जमानसिंक केसी, नेकपा वडा सल्लाहाकार प्रमुख बलबहादुर केसी, वडा कमिटि अध्यक्ष कृष्ण केसी लगायतले बोलेका थिए । वडा कमिटि सदस्य सन्तोष गुरुङ को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव सागर पौडेल र स्वागत हरि के.सीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...