नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीको स्वास्थ्य अवस्थामा सुधार भएन

२४ असोज । कोरोना भाइरसबाट संक्रमित बनेपछि काठमाडौंको वीर अस्पतालमा उपचाररत नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीको स्वास्थ्यमा सुधार हुन सकेको छैन ।

चार दिनसम्म स्वास्थ्यमा उल्लेख्य सुधार हुन नसकेपछि आईसीयूमा सारेर उनको थाप उपचार थालिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार चौधरीलाई श्वासप्रश्वासमा बढी समस्या छ । कोरोनाको लक्षण देखिएकी उनलाई पीसीआर परीक्षण गराउँदा असोज १९ गते संक्रमण पुष्टि भएको थियो ।

चौधरीले नै यसअघि आफूलाई श्वासप्रश्वासमा समस्या रहेकोभन्दै तत्कालका लागि फोन नागरिदिन सबैमा आग्रह गर्दै आफू फोनमा कुरा गर्न सक्ने अवस्थामा नभएको सामाजिक सञ्जालमा उल्लेख गरेकी थिइन् ।

स्तन क्यान्सरबाट पनि पीडित उनको उपचार यसअघि भारतको नयाँ दिल्लीमा भएको थियो । उनको उपचारमा सरकारले आर्थिक सहयोग गरेको थियो । उपचारका लागि भनेर दिएको पाँच लाख रुपैयाँ बचेपछि उनले उक्त रकम सरकारलाई नै फिर्ता गरेकी थिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...