अविवाहित महिलाले युट्युब हेरेर बच्चा जन्माउन खोजेपछि…

भारत उत्तर प्रदेशको गोरखपुरमा एक गर्भवती महिलाले युट्युबमा भीडियो हेर्दै बच्चा जन्माउन खोज्दा समस्या उत्पन्न भएको छ ।

महिलाले युट्युव हेरेर बच्चा जन्माउन खोज्दा महिला र बच्चाको मृत्यु भएको थियो । यो घटनाको खुलासा त्यतिबेला भयो जब घरका मालिक र अरु कोठामा बस्नेले रगत बगिरहेको देखे र प्रहरीलाई खबर गरे ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार महिला गोरखपुरको बहराइचमा बस्थिन् र उनी अविवाहित थिइन् । अविवाहित भएपनि गर्भवती भएपछि उनी परिवार र समाजका डरले कोठा लिएर बसेकी थिइन् ।

घरका सदस्य उनको गर्भपतन गराउन चाहन्थे तर उनले मानिनन् । बारम्बार परिवारले गर्भपतन गराउन दवाव दिएका थिए ।

प्रहरीका अनुसार तनावमा आएर महिलाले गर्भपात गराउन चाहिन् । गर्भवती भएको कुरा मानिसहरुबाट लुकाउनका लागि उनले युट्युवबाट भिडियो हेरेर डेलिभरी गर्ने प्रयास गरिन् तर उनको मृत्यु भयो ।

प्रहरीका अनुसार घटनास्थलबाट एक मोबाइल फेला परेको छ जहाँ डेलिभरीको भिडियो चलिरहेको थियो ।

प्रहरीले घटनाको जाँच गरिरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...