खेलाडीको मन लोभ्याउने रंगशाला

पोखरा, असोज २५ गते । पोखरा रंगशालामा खेल गतिविधि ठप्प छ । सात महिनादेखि खेलकुद प्रतियोगिता र प्रशिक्षण हुन सकेका छैन् । कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि पोखरा रंगशालामा सुनसान बनेको छ ।

अझै खेल गतिविधि सञ्चालन हुने नहुने अन्योलमै छन् । पोखरा रंगशालामा थुपै्र भौतिक पूर्वाधार निर्माण भएको छ । गत वर्षको मंसिरमा १३ औ साग सम्पन्न भयो । साग लक्षित भौतिक पूर्वाधार बने । तर ती अहिले अलपत्र अवस्पाथामा छन् । विश्वकै उत्कृष्टभित्र पर्ने पोखरा रंगशालाबाट हिमश्रृखला हेदै खेलाडीहरुले खेल्न पाउन छन् ।

लहरै हाँसेका हिमाल हेदै फुटबल, क्रिकेट, भलिबल, टेनिस, आर्चरी, ह्याण्डबल लगात मार्सल आर्टका खेलहरु खेल्न पाउछन् । १३ औ सागमा पोखरामा आठ खेल सम्पन्न भए । ती खेलमा सहभसागी हुन आएका खेलाडीहरु निक्कै खुसी भएका थिए । पोखरामा आउने खेलाडीहरुको मन लोभ्याउने गर्छ । पोखरा रंगशालाको फुटबल मैदानबाट शनिबार देखिएको दृश्य ।

तस्विर एकराज गिरी

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...