यी हुन कलेजो बिगार्ने आनीबानी र खानपान

हाम्रो शरीरका हरेक अंगप्रत्यंगहरुको आआफ्नै भूमिका र महत्व रहेको हुन्छ । यीमध्ये कलेज पनि महत्वपूर्ण अंग हो । यसले हामीले खाएको खानामा पचाएर शरीरमा पोषण दिने काम गर्छ । हाम्रो आन्द्राभित्र हुने सम्पूर्ण पाचनक्रियाको व्यवस्थापन यसले गर्छ ।

कब्जियत तथा अपचको समस्या देखिएको हुन्छ भने कलेजो बिग्रिएकोले हुनसक्छ । त्यस्तै, शरीरमा जन्डिस देखिनु, हातगोडा सुन्निनु, बान्ता हुनु, अस्वभाविक तौल घट्दै जानुजस्ता लक्षण कलेजो बिग्रिएको संकेत हो ।

कलेजो बिग्रिएसँगै पाचनक्रियामा गडबडी हुँदा डकार आउने, पेट फुल्ने/ढुस्स हुने, ग्यास बन्ने समस्या देखि थाल्छ । कहिलेकाहीँ भने लक्षण् नै नदेखिन पनि सक्छ ।

रक्त परीक्षण गरेर मात्रै कलेजोको अवस्था बुझ्न सकिन्छ । आखिर कलेजो बिग्रिने खास कारणचाहिँ के होला ?

पौष्टिक खानाको अभाव कलेजो बिग्रिने एउटा प्रमुख कारणभित्रै पर्छ । पौष्टिक खानाको अभावमा कुपोषण लागेका व्यक्तिको कलेजो बिग्रने सम्भावना बढी हुन्छ । भोकमरीको चपेटमा पर्ने तथा खानपानमा सन्तुलन नमिल्ने हाम्रोजस्तो देशमा यो खतरा बढी रहन्छ ।

रगतमा आइरनको मात्रा बढी भयो भने कलेजोमा असर गर्ने सम्भावना अधिक रहन्छ । आइरनको उत्पादन ह्वातै बढ्नुलाई हेमोक्रोमाटोसिस भनिन्छ । यो अवस्थामा कलेजो बिग्रिने गर्छ । हुन त शरीरलाई अत्यावश्यक हेमोग्लोबिन निर्माण गर्न आइरन चाहिन्छ, तर यसको धेरै उत्पादनले भने कलेजोमा हानि पुर्याउँछ ।

त्यसैले बेला–बेलामा रगतमा आइरनको मात्रा जाँच गराउनुपर्छ ।

बिरामी हुँदा औषधि सेवन गर्नुपर्छ । तर, कतिपय व्यक्तिले ओभरडोज औषधि सेवन गर्ने गरेको पाइन्छ । तर, यो काम घातक हुन सक्छ । विशेषगरी, दुखाइ र ज्वरो कम गर्ने औषधि ओभरडोज भयो भने सीधै कलेजोमा असर गर्छ ।

अत्यधिक रक्सी सेवनले पनि कलेजो नष्ट हुने प्रमुख कारण हुन सक्छ । ठीक मात्रामा रक्सी सेवन स्वास्थ्यका लागि हानिकारक नहुनसक्छ । तर, अत्यधिक सेवनले नोक्सानी निम्त्याउँछ ।

सुईबाट शरीरमा लागुपदार्थ लिने व्यक्तिलाई हेपाटाइटिस बी र सी संक्रमणको सम्भावना अधिक हुनसक्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...