वडा नम्बर १६ मा १५ जना सहित पोखरामा थप २८ जना कोरोना सङक्रमित

पोखरा असोज २५ गते। पोखरामा थप २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ५ का २१ वर्षीय १ जना, वडा नम्बर ६ का ७१ वर्षीय १ जना, ७ का ३६ वर्षीय १ जना तथा वडा नम्बर ८ का ५५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १३ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाको ४१ वर्षीय पुरुष तथा २७ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यस्तै पोखरा १५ का ४५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १६ का ९ महिला सहित ६ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ वर्षीय बालिका सहित १७, २६, २७, ३३, ३९, ५०, ५५, तथा ७७ वर्षीय महिला रहेकी छिन् । त्यस्तै ५ वर्षीय बालक सहित १९, २८, ३२ ५३ तथा ५९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा १७ का ६ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाको ४ पुरुष तथा २ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३५, ३६, ३७ र ४१ वर्षीय पुरुष रहेका छन् । त्यस्तै २१ र ६१ वर्षीय महिलालाई समेत संक्रमण पुष्टि भएको छ ।

आज बिहान समेत पोखरामा २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित भीरकोट तथा वालिङका हुन् । भीरकोट ५ का २४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै वालिङ १२ का १४ वर्षीय किशोरी तथा १ का ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तनहुँमा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको ब्यास नगरपालिका वडा नम्बर ४ का २० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका माध्यमबाट पहिचान भएका हुन् । उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ८ सय १ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...