नेपालमा सङ्क्रमित एक लाख सातहजार ७५५ जना

 असोज २५ गते । नेपालमा कोरोना भाइरसका दुई हजार ७१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै  एक लाख सातहजार ७५५ जना पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

हाल ३३ हजार ३१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । साेही संख्यामा हाेमसहित संस्थागत अाइसाेलेसनमा बसेका छन् ।मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक  हजार ५५२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७५ हजार ८०४  सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा २४ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । एक दिनमो यस संख्यामा मृत्यु भएको सबैभन्दा बढी हो । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ५३६ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...