हार्ट नेपालद्वारा कुकुरहरुको बन्ध्याकरण

पोखरा, असोज २५ गते । हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट नेपाल) ले पोखरामा रहेका सडक सामुदायिक कुकुरहरुको बन्ध्याकरणको कार्य पुन सुचारु गरेको छ । जस अन्तर्गत विशेषगरी केटि कुकुरहरुलाइ प्राथमिकतामा राखी दशैँ अघि सम्म कम्तिमा ३५ वोटा कुकुरहरु बन्ध्याकरण गरिने भएको छ ।


हार्टले पोखरामा रहेका सडक सामुदायिक कुकुरहरुलाई हरेक वर्ष रेबिज विरुद्धको खोप लगाउँदै आएको छ । गएको वर्ष यसै खोप लगाउने क्रममा कोविड १९ महामारीको कारण केहि वडा छुटेका थिए । यिनै वडामा गएको हप्ता विश्व रेबिज दिवसको उपलक्ष्यमा खोप लगाइएको हार्ट नेपालका संयोजक खगेश्वर शर्माले जानकारी दिनुभयो ।सो क्रममा बन्ध्याकरण नभएका केटि कुकुरहरुको संख्या धेरै देखिएको हुँदा यो कार्य सुरु गरिएको पनि शर्माले जानकारी दिनुभयो ।

यसका लागि ल्याइने कुकुरहरु मुख्यतः वडा नम्बर १५ र १७ बाट रहने जनाइएको छ । रेबिज एउटा प्राणघातक सरुवा रोग हो जुन विषेशगरि कुकुरको टोकाईबाट सर्ने गर्दछ । विश्वमा हरेक वर्ष ५९,००० मानिसहरुको यसै कारण मृत्यु हुने गरेको छ । नेपालमा पनि बर्सेनि २०० जना मानिस र धेरै चौपाया यसको कारण मर्ने गरेका छन् । कुकुरहरुको संख्या कम गरी रेबिज नियन्त्रण गर्नको निम्ति पहिले कुकुरहरुलाई बिष खुवाई मार्ने चलन रहेकोमा अहिले यसरी कुकुरको हत्या गर्नेलाई कानुन बमोजिम पाँच हजार जरिवाना सहित कैद हुने गरको छ ।

तसर्थ कुकुर बिरालोको संख्यालाई मानविय रुपमा कम गर्नको लागि बन्ध्याकरण नै एक उपाय रहेको छ । हार्ट नेपालले विगत १० वर्ष देखि पोखरा, भरतपुर लगाएत नेपालका विभिन्न ठाउँहरुमा पुगेर २२,००० भन्दा धेरै कुकुरहरुको बन्ध्याकरण गरिसकेको छ । यति मात्र नभएर हार्टले ३५,००० भन्दा धेरै कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइसकेको हार्ट नेपालले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...