युनाईटेड क्लवद्धारा विभिन्न उपसमिति तथा सल्लाहकार चयन

पोखरा, असोज २६ गते । युनाईटेड क्लव पोखराले नया नेतृत्वसंगै विभिन्न उपसमितिहरु तथा सल्लाहकारहरु चयन गरेको छ । क्लवको हालै सम्पन्न ११ औ साधारण सभा तथा पांचौ अधिवेशनबाट नया नेतृत्व चयन भएसंगै विभिन्न उपसमितिका संयोजक, उपसंयोजक र सल्लाहकारहरु चयन गरेको हो ।

युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा बसेको क्लवको दोश्रो बैठकले विभिन्न ९ वटा उपसमिति र सल्लाहकारहरु चयन गरेको हो । जस अन्तर्गत क्लवको शिक्षा उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, सह संयोजकमा सविता श्रेष्ठ रञ्जित, भौतिक निर्माण उपसमिति संयोजकमा क्लवका प्रथम उपाध्यक्ष लोक बहादुर थापा, सह संयोजकमा शिव वहादुर थापा, विपद ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिना र सह संयोजकमा सन्तोष कार्की, पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा संस्थापक अध्यक्ष हिमालय बख्रेल र सह संयोजकमा दिवानी सुवेदी चयन हुनुभएको छ ।
त्यसैगरी सेती नदी संरक्षण उपसमिति संयोजकमा क्लवका पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, सह संयोजकमा गणेश बहादुर खड्का, खेलकुद उपसमितिको संयोजकमा कार्यसमिति सदस्य विष्णु कुमार गुरुङ र सह संयोजकमा कृष्ण बहादुर थापा मगर, स्वास्थ्य उपसमिति संयोजकमा कार्यसमिति सदस्य जयराम आचार्य र सह संयोजकमा नरहरी पनेरु चयन भएका छन । त्यस्तै महिला उपसमिति संयोजकमा कार्यसमिति सदस्य सीमा गुरुङ र सह संयोजकमा शान्ति सुवेदी, युवा तथा प्रशिक्षण उपसमिति संयोजकमा संयोजकमा कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ र सहसंयोजकमा नविन श्रेष्ठ लाई चयन गरिएको छ ।

त्यसैगरी क्लवको बैठकले १७ जना सल्लाहकारहरु समेत चयन गरेको छ । जसअन्तर्गत सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, राजेन्द्र बहादुर थापा, विश्वप्रकाश लामिछाने, सम्मर बहादुर श्रेष्ठ, शुशिलराज पराजुली, क्याप्टेन फत्ते बहादुर गुरुङ, तीर्थलाल श्रेष्ठ, कवितादेवी गुरुङ, लिलाधर अधिकारी, लिल बहादुर जिसी, मेजर हितमान गुरुङ, प्रेमछिरी शेर्पा, गोविन्द घिमिरे, मुक्षेत्र गुरुङ र श्यामकृष्ण श्रेष्ठ रहेको क्लवका महासचिव शान्त बहादुर थापाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...