सुकुम्बासी समस्या समाधान आयोगको नाममा पैशा उठाउने गिरोह पक्राउ

पोखरा, असोज २६ गते । सुकुम्बासी आयोगको नाममा ठगी गर्ने गिरोहका ८ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । नेपाल सरकार अव्यवस्थित सुकुम्वासी समस्या समाधान आयोग काठमाडौंको नाममा विभिन्न व्यक्तिलाई भौतिक पूर्वाधारसहितको जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गर्ने गिरोहका ८ जनालाई कास्कीमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका सवैलाई सोमबार सार्वजनीक गरेको छ । हिराबहादुर तामाङको नेतृत्वमा सुकुमवासी आयोगको प्रदेश कार्यसमिति गठन भएको भन्दै उनीहरुले माइज्यूट गर्ने, नागरिकता र फोटो माग्दै पैसा उठाउँदै गरेको प्रहरीले जनाएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीको नक्कली हस्ताक्षरसमेत प्रयोग गरेर पैसा उठाएको प्रहरीले जनाएको छ ।

प्रदेश कार्यसमिति संयोजक भनिएका ३९ वर्षीय हिराबहादुरसँगै सदस्य ३० वर्षीय रमेशकुमार परियार, ३५ वर्षीय ओमबहादुर सुनार, ३७ वर्षीया रिता विश्वकर्मा, २२ वर्षीया सोनु परियार, २७ वर्षीया सीता सुनार, ५० वर्षीय हर्कबहादुर विश्वकर्मा, २४ वर्षीय मौसम सदासंकरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पोखरा ५ बस्ने हिराबहादुरको संयोजकत्वमा गठिन नक्कली आयोगका नाममा पोखराका विभिन्न ठाउँका व्यक्तिहरुलाई रसिद दिँदै ७ हजार रुपैयाँका दरले पैसा उठाउँदै आएको बताइएको छ । आयोगले जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएको थियो । प्रशासनको निर्देशन अनुसार आइतबार दिउँसो नै प्रहरीले तामाङलाई पक्राउ गरेको थियो भने राति थप ४ जनालाई पक्राउ गरेको थियो । सोमबार बिहान हर्कबहादुरलगायत ३ जनालाई कार्यालयमै बोलाएर प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–१४ भोटे चौतारामा ३ सय रोपनी जग्गामा १ सय ६० जनालाई व्यवस्था गर्न लागिएको भन्दै उनीहरुले रसिद दिँदै पैसा उठाइरहेका थिए । पैसा उठाउनकै लागि उनीहरुले निजी घरमा अफिसको व्यवस्थासमेत मिलाएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिनुुभयो ।

‘कास्की देशकै प्रमुख सुकुमबासी तथा अव्यवस्थित बसोवास समस्या भएको जिल्लामध्येमा पर्ने भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य तथा प्रवक्त भीम कार्कीले बताउनुभयो । पोखरा वडा नम्बर १, ४, ९, २९ लगायतका ठाउँमा पनि पैसा उठाएको गुनासो आइरहेको छ । कास्कीमा १५ हजारभन्दा बढी सुकुम्वासी तथा अव्यवस्थित रुपमा बसेको अनुमान छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...