मदिरा सेवनले महिला र पुरुषको यौन जीवनमा कस्तो असर गर्छ ?

मदिरा र यौन यस्ता विषय हुन्, जसको हाम्रो समाजमा गोप्यरुपमा मात्रै छलफल धेरै हुने गर्दछ । समाजमा यी दुई विषयको छलफल कहिल्यै पनि खुलेर हुँदैन, जसले गर्दा मानिसको शारीरिक स्वास्थ्य तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्ने गर्दछ। कहिलेकाहीँ मदिरा र यौन एक रोमाञ्चक प्रक्रिया पनि हुनसक्छ, तर लामो अन्तरालमा यसले महिला र पुरुष दुवैको जीवनमा नकारात्मक असर पुर्याउने गर्दछ।

त्यसैगरी, अत्याधिक मदिराको सेवनले यौन जीवन निकै कठिनाई हुन सक्छ । क्लिनिकल मनोवैज्ञानिक र मदिरा विशेषज्ञ डा.अबीगेल सैन भन्छन्, ’मदिराले पुरुष र महिला दुबैको यौन संवेदनशीलतालाई कम गर्दछ’। पुरुषहरूमा मदिराले इरेक्शन प्राप्त गर्न र यसलाई कायम राख्न कठिनाइ हुने गर्दछ भने महिलाले कम स्नेहन अनुभव गर्दछन्, जसले सम्भोग गर्न कठिनाई हुने र सम्भोगको उच्चतम आनन्द प्राप्त गर्न सक्दैनन्।

जानिराखौं रक्सीले महिला र पुरुषको यौन जीवनमा पार्ने असर पुरुषमा देखिने असर

१. पुरुषमा मदिराले थुप्रै समस्याहरु निम्त्याउने गर्दछ। जसमध्ये एक हो पुरुषको इरेक्शनसँग सम्वन्धित समस्या, रक्सीमा पाइने तत्वले पुरुषको लिङ्गमा रक्त संचारलाई धेरै कम गर्दछ। साथै मदिराले एन्जियोटेन्सिन नामक हर्मोनलाई बढाउने गर्दछ, जसले इरेक्टाइल डिसफंक्शन पनि निम्त्याउन सक्छ।

२. अत्याधिक रक्सीको सेवनले पुरुषको स्खलनमा ढिलाइ हुने समस्या निम्तिन सक्छ। रक्सीको कारणले यौनको उच्चतम आनन्द प्राप्त गर्न निकै समय लाग्न सक्छ, कहिले काहीं ३० मिनेटभन्दा ज्यादा समय लाग्न सक्छ। यस्तो अवस्थामा लामो समयसम्म उत्तेजना कायम गर्न गाह्रो हुन्छ, त्यसैले प्रायः पुरुषहरू सन्तुष्ट हुँदैनन्।

३. अध्ययनकाअनुसार उचित मात्रामा मदिरापिउँदा यौन चाहना बढ्न सक्छ, तर चेतना गुमाउने गरि रक्सीको सेवनले महिला तथा पुरुषमा यौन सम्बन्धले निकै गम्भीररुप लिन सक्छ । जसको प्रत्यक्ष असर दैनिक जीवनमा पर्ने गर्दछ। यसको असरले पुरुष र महिला विच सम्बन्धविच्छेदको अवस्थापनि सिर्जना हुने गर्दछ।

४. अत्याधिक मदिरासेवनले मानिसको चेतनालाई ठूलो असर पुर्यौन्दछ। यसले सही सोच्न र बुझ्ने क्षमतालाई असर गर्छ, जसले गर्दा धेरै पुरुषहरु अनैतिक सम्बन्ध राख्ने जोखिम बढ्ने गर्दछ। रक्सीको सेवनले पुरुष पर स्त्रीसँग यौन सम्बन्धसम्म राख्ने खतरा बढ्ने गर्छ, जसका कारण यौनरोगको संक्रमणमा पर्ने जोखिममा पर्दछन्।

महिलामा देखिने असर

१. महिलालाई पनि रक्सीको प्रभाव दिमागमा मात्र होइन शरीरमा पनि देखिने गर्दछ। यसको अत्याधिक सेवनले महिलालाई चरमोत्कर्षमा पुग्न गाह्रो हुने गर्दछ। त्यसैगरी, महिलाहरुको अत्याथिक मदिरासेवनले उनीहरुको उत्तेजनामा कमि आउने र यौन तृप्तिपनि महसुस गर्न कठिनाइ हुनेगर्दछ।

२. मदिराको कारण महिलाको शरीर देखि गोप्य अंगमा नकारात्मक असर पर्ने गर्दछ। यसको सेवनले गोप्य अंगमा रगतको संचारमा कमि आउने जसका कारण सुख्खापन हुनेगर्दछ र सम्भोग गर्दा पीडादाय हुने गर्दछ। जसले गर्दा गोप्य अंगमा चोट लाग्न सक्छ।

३. पुरुषहरु जस्तै मदिराले महिलाहरुलाई पनि सोच्न र राम्रोसँग बुझ्ने क्षमतामा असर पु¥याउँदछ। अत्यधिक मदिराको कारण महिलाहरु पनि यौन जोखिम निम्तिन सक्छ, जसमा यौनरोग सक्रमण पनि हुने, त्यस्तै उनीहरुमा अनियन्त्रित गर्भावस्थाको जोखिममा समेत पर्ने गर्दछन्

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...