रंगशालामा खेल गतिविधि सुरु

एकराज गिरी/पोखरा, असोज २८ गते । पोखरा रंगशालामा खेलकुद गतिविधि सुरु भएको छ । विगत सात महिनादेखि सुनसान पोखरा रंगशालामा चहलपहल बढेको छ । खेल संघका साधारण सभादेखि प्रशिक्षण सुरु भएका छन् । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि खेल गतिविधि ठप्प भएका थिए ।

सात महिनापछि विस्तारै खेल गतिविधि सुरु भएका हुन् । सधै कोरोना भनेर कती बस्ने अव त विस्तारै खेल गतिविधिलाई सुचारु गर्नुपर्छ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दीपकबाहदुर गोदारले भन्नुभयो । सुरक्षाका उपायहरुको अवलम्वन गरेर खेलकुद क्षेत्रलाई अगाडी बढाउनुपर्छ, नेपाल हाप्किडो संघ गण्डकी प्रदेशका उपाध्यक्ष तारामाया थापा मगरले भन्नुभयो,‘हामीले स्वास्थ्यका मापदण्डको पालना गरेर संघको चौथो स्थापना दिवस गत बिहिबार पोखरामा सम्पन्न ग¥यौ । सधै कोरोनाको कहरले कति दिन भाग्ने ।’

पोखरा रंगशालामा खेल संघका साधारण सभा, प्रशिक्षण लगायतका गविविधि सुरु सुरु भएका छन् । पोखरा रंगशालामा टेनिस संघ कास्कीले आफनो साधारण सभा सम्पन्न गरेको छ । असोज १७ गते साधारण सभा सम्पन्न ग¥यो । रंगशालामा बास्केटबलको प्रशिक्षण भैरहेको छ । करिव एक सातादेखि यू १९ का खेलाडीहरुले प्रशिक्षण गर्नुभएको छ । त्यस्तै मार्सल आर्ट खेलसंघ सम्वन्धित संघहरुले पनि नियमित प्रशिक्षण सुरु गर्नुभएको छ ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले आफुहरुले आधिकारीक रुपमा खेल गतिविधि सञ्चालन गर्ने अनुमति नदिएपनि खेल संघहरुले आफना गतिविधि सञ्चालन गरेको बताउनुभयो । ‘हाम्रो तर्फबाट कार्यक्रम गर्न अनुमति दिएका छैनौ उहाँहरुले आफै गर्नुभएको छ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...