गण्डकी प्रदेशमा ४२, कास्कीमा मात्रै ३६ संक्रमित थपिए

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीले सार्वजनिक गरेको विज्ञप्ति अनुसार प्रदेशमा ४२ संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितमध्ये ३६ जना कास्कीका छन् । पोखरा महानगरपालिका १७ का २ महिला र ४ पुरुष सहित ६ जना, ७ का ४ जना पुरुष, ९ का ६ जना पुरुष र ११ का १ पुरुष छन् ।

पोखरा ८, ५ र १३ मा २र२ जना तथा १० र ४ मा ३र३ संक्रमित थपिएका छन् । पोखरा २, ८, ३२, २६ नम्बर वडामा १र१ जनामा संक्रमण पुष्टि भएको छ । २ संक्रमितको वडा खुलेको छैन ।

आज नै तनहुँ, लमजुङ, म्याग्दी र बाग्लुङमा १र१ संक्रमित थपिँदा स्याङजामा २ जना संक्रमित भेटिएका छन् ।यससँगै गण्डकीमा संक्रमितको संख्या ५ हजार १ सय ७६ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...