पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

पोखरा,असोज २९ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । एक्कासी रक्तचाप बढेपछि उहाँलाई बुधबार साँझ धुम्रबराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी गराउनुभयो ।

नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईलाई उदृढ गर्दै केन्द्रीय सदस्य रिजालले भन्नुभयो, “पूर्व प्रधानमन्त्री खनाललाई साँझ ४ बजे अस्पताल भर्ना गरिएको हो, उहाँको स्वास्थ्य अवस्था सामान्य छ, सम्भवतः विहिबार नै अस्पतालबाट डिस्चार्ज हुनुहुनेछ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...