पोखरा २३ बाम्दीमा बन्यो भलिबल कोर्ट

एकराज गिरी/ पोखरा, असोज २९ गते । पोखरा पर्यटनको मात्रै हैन् खेलकुदको पनि शहर हो । यहाँ आयोजना हुने खेल गतिविधि र निर्माण भएका भौतिक पूर्वाधार पुष्टि गरिरहेको छ ।

पोखरा रंगशालाभित्र मात्रै हैन् शहर तथा ग्रामीण क्षेत्रमा समेत सुविधा सम्पन्न खेलकुदका पूर्वाधार निर्माण भएका छन् । पूर्वाधार निर्माण अन्र्तगत पोखरा महानगरभित्रै भएपनि अहिले सम्म एक इन्र्च पिच बाटो बन्न नसकेको पोखरा २३ बाम्दीमा भलिबल मैदान निर्माण भएको छ । भलिबल कोर्ट सहित दर्शक प्यारापिट निर्माण सम्पन्न भएको छ ।

 

बाम्दी पोखरादेखि झण्डै १२ किलोमिटर पूर्व पर्छ । भलिबल कोर्ट निर्माण गर्न पोखरा २३ वडा कार्यालयले जग्गा उपलब्ध गराएको थियो । एक हजार दर्शक क्षमताको ५ स्टेपको प्याारपिट निर्माण गरिएको छ । कोर्ट निर्माण गर्न परिषदबाट प्राप्त ५० लाख रुपैयाँ र स्थानीय श्रमदान झण्डै ५ लाख रुपैयाँ बराबरको गरेको समेत संघका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

 

गत वर्ष परिषदले दिएको बजेटबाट मैदान निर्माण गरिएको पराजुलीले भन्नुभयो, ‘पोखरा महानगरपालिकाकै दुर्गम वडा भएपनि अब भलिबलका गतिविधि बढ्ने छ ।’ कोर्ट निर्माणले गाँउस्तरबाटै भलिबल खेलको विकासमा भुमिका खेल्ने छ उहाँको नभाई छ ।नेपालको राष्ट्रिय खेल भलिबलको विकास र खेलाडी उत्पादनका लागि वडा तहदेखिनै मैदान निर्माण गर्नुपर्ने उहाँको भनाई छ ।

 

नेपालका जुनसुकै ठाँउमा खेल्न सकिने सहज खेल भएकाले सरकारले थोरै लगानी गरेपनि प्रतिफल प्राप्त गर्न सकिन्छ उहाँले भन्नुभयो । मैदान बनेको स्थान फेवातालको माथिल्लो भाग हो । जहाँबाट फेवातालको रमणीय दृश्य समेत नियाल्न सकिन्छ । यो मैदान आन्तरी तथा बाह्य खेलाडीका लागि समेत आकर्षण बन्नसक्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...