राप्रपा अध्यक्ष थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २९ गते । राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । थापा सहित उहाँको परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएको थापाका स्वबीय सचिव दामोदर वाग्लेले बताउनुभयो ।

उहाँमा सामान्य लक्षण देखिएको र स्वास्थ्य अबस्था सामान्य रहेको थापाले ट्वीटमार्फत उल्लेख गर्नुभएको छ । थापाकी धर्मपत्नीमा भने सङ्क्रमण नभएको बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...